बुटवलमा संगै नाचे विप्लव र सुदर्शन

बुटवलमा । संगीत अभियात्रा कार्यक्रम, बुटवलमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा(माओवादी केन्द्र) प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल संगै नाचेका छन् । “सिमली छाँया” प्रस्तुतिको क्रममा जीवन शर्माले उनीहरुलाई नचाएका हुन् ।

बुटवल कालिकानगरको रोज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा दर्जनौं जनवादी कलाकारहरुको प्रस्तुति रहेको छ । जीवन शर्मा, मणी थापा, चिरन सी, उदय श्रेष्ठ, कर्ण विद्रोही, निलिमा पुन, प्रगति महरा, मोहित श्रेष्ठ, नारायण शर्मा, कुस्मिता दर्लामी, उदय रिजाल, सन्ध्या मगर, कविता पुन, लक्ष्मण पाख्रिन, अनु शर्मा, निशा बुढामगर लगायतका जनपक्षीय श्रष्टा, जनगायक, लेखक, गीतकार, संगीतकार नृत्यकारहरुले दर्जनौं प्रस्तुति राखेका छन् ।

“राष्ट्रका लागि संगीत अभियात्रा” नामाकरण गरिएको  उक्त अभियानात्मक कार्यक्रम  धनगढीबाट सुरु गरिएको हो । तीन पुस्ताका कलाकारहरु सहभागी उक्त अभियात्राले देशका मुख्य सहरहरूमा कार्यक्रम गर्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation