विप्लव नेतृत्वको नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न

विप्लव नेतृत्वको नेकपा निकट श्रमिक समुदाय  मोर्चा नेपाल केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आज काठमाण्डौमा सम्पन्न भएको छ । बैठकले राजनैतिक, वैचारिक, सांगठनिक, उत्पादन लगायत विषयमा विभिन्न निर्णय गरेको छ ।

मोर्चाले सहकारी र उत्पादन कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउने त्यसैगरी सूचना तथा प्रकाशन विभागलाई थप व्यवस्थित गर्ने निर्णय बैठकले गरेको छ ।

पार्टीसंग समन्वय गरी संगठन सुदृढ तथा विस्तार अभियान ३ महिनासम्म लगातार सञ्चालन गर्ने साथै जातीय विभेद र अन्याय विरुद्ध सशक्त प्रतिरोध गर्ने निर्णय बैठकले गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा मोर्चाका अध्यक्ष रामलाल विश्वकर्माको अध्यक्षता र मोर्चाका महासचिव त्रिलोचन लोहारको सञ्चालनमा बैठक सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation