आजको समाजलाई किन ‘सी’ जातिको आवश्यकता छ ?     – सुरज सी         

* पुँजीवाद माथि पुर्ण रुपले विजय प्राप्त नगर्दासम्म जातीय विभेद अन्त्य गर्न असम्भव छ ।  – स्तालिन
* विभेद तरवारको धारबाट जन्मिएको हो यसलाई तरवारको धारबाट सिध्याउनु पर्दछ । – विप्लव
* आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो भन्ने मार्क्सवादी दर्शनमा आजसम्मको इतिहास जातीय र वर्ग संघर्षको इतिहास पनि हो भनी थप्नुपर्दछ । – विप्लव    * If new nations are to be inculcated in the minds of people it is necessary to give them new names to continue the old names is to make reform fulite. अर्थात् यदि व्यक्तिहरुको मनमा नयाँ धारणा स्थापित गर्नुछ भने त्यसलाई नयाँ नाम दिन जरुरी छ पुरानो नामलाई निरन्तरता दिनु भनेको कुनै पनि कामलाई निरर्थक बनाउनु हो यदि हामीले यहि सुझावलाई आधार मानेर नामको पछाडि थर हटायौँ भने स्वयम् विभेदबाट मुक्त हुन सक्छौ । – डाक्टर भिम राव अम्वेडकर
* जातीय भागबण्डा सामाजिक समस्याको उपेक्षाबाट उत्पन्न भएको प्रतिशोध हो । डा. भिम राव अम्वेडकर
* व्यवहारबिना सिद्धान्तको शब्दले मात्र विभेद अन्त्य गर्न असम्भव छ । – डा. भिम राव अम्वेडकर
‘सी’ जाति किन आवश्यक छ भन्ने विषयमा स्पष्ट गर्ने प्रयास गरिएको छ । आजको सामाजलाई ‘सी’ जाति किन आवश्यक हो भने सभ्य मानव समाजको निर्माण भनिएसंगै समाजमा विभिन्न प्रकारका विभेद, शोषण, दमन विकृती, विसंगतिहरुले मानव समाजलाई नराम्रोसंगै आफ्नो चक्रव्युहमा फसाइ राखेको छ । त्यो राजनीतिक रुपले होस् या सैद्धान्तिक रुपले होस् या सामाजिक रुपले होस् अझै भनौँ नेपाल जस्तो बहुजाति, बाहुभाषी, बहुधार्मिक एवम् भौगोलिक विविधताको रुप दिएर विभिन्न षड्यन्त्र गरी शोषण गरिरहेको छ । त्यो दाइजो प्रथा होस्, चाउपडी प्रथा होस् या देउकी प्रथा होस् या झुमा प्रथा होस् या जातीय विभेद होस् या क्षेत्रीय विभेद होस् यी सबै कहिँ न कहिँ विभाजनसंगै जोडिएर समाजमा बितन्डा मच्चाइ रहेको छ । यसको दीर्घकालीन समाधानको लागि ‘सी’ जाति अनिवार्य सर्त बन्न पुगेको छ । जब देखि ‘सी’ जातिको अवधारणा बाहिर आयो तबदेखि विभिन्न खालका तर्कहरु सतहमा देखिइरहेका छन् ।

जस्तो ‘सी’ जाति नै किन ? त्यो त कम्युनिस्टको लागि मात्रै भयो । यहाँ प्रजातान्त्रिक शक्ति पनि छ, यदि एउटै जाति मात्रै भयो भने विवाह कसरी गर्ने? भन्ने जस्ता कुतर्कहरु पनि आइरहेका छन् । जस्तै ‘सी’ जाति को ठाँउमा यदि राष्ट्रिय सहमति भयो भने सबैको लागि स्वीकार हुने तर विभेद नहुने कुनै नयाँ शब्द पनि चयन हुन पनि सक्दछ तर कुरा के हो भने एकै जातिले मात्रै राष्ट्रिय  एकता बनाउँछ । जातीय एकता बनाउँछ । वर्गीय संघर्ष गर्नलाई मद्दत पुग्छ । राष्ट्रिय संघर्ष गर्नको लागि बल पुग्दछ । यसको मर्मसंगै आएको छ ‘सी’ जातिको अवधारणा । राष्ट्रिय, अन्तरास्ट्रिय मानवजातिको विभाजन देखेर मानव जातिको मुक्तिको लागि अन्तराष्ट्रिय गीत गाएर समय वर्वाद गरेर मात्रै हुदैन भनेर नेकपाका महासचिव विप्लवले यसलाई मुर्त रुप दिनको लागि नेकपाको नवौँ महाधिवेशनमा प्रस्ताव गर्नु भयो र उपस्थित सम्पुर्ण कमरेडले यो अवधारणा कार्यान्वयन गर्नको लागि एक मतले पास भयो । आजसम्म सबैले यसको कार्यान्वयन गर्नको लागि प्रयास गरिरहनु भएको छ । यो सम्भव पनि छ ।

यहाँनेर अलिकति के कुरामा जोड गरौं भने आध्यात्मिक दृस्टिकोणबाट हेर्दा पनि मानिस एकै जातिको सन्तान हो भन्ने छ । भौतिक दृष्टिकोणबाट हेर्दा पनि मानिस एउटै जातिको सन्तान हो भन्ने पुष्टि भईसकेको छ । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा पनि मानिसमा फरक केही छैन । आजको सामाजमा विभेद किन ? यसको समाधान भनेको संसारलाई एउटै जाति बनाउनु हो । त्यसैको मर्म अनुरुप ‘सी’ जातिको जन्म भएको हो ।
यहाँनेर केही अध्यात्मिक,  केही भौतिक र केही वैज्ञानिक तथ्य पेश गरौं  :
अध्यात्यात्मावाद के भनिरहेको छ ?
१. बाइबल भन्छ
आज यो पृथ्वीमा अस्तित्वमा रहेको मानवजाति जति पनि छ त्यो एकै आमाबाबुका सन्तान हुन् । किनकी जब परमेश्वरले आकाश धर्ती, दिन रात, हावा पानी, समुन्द्र घाम जुन निर्माण गर्नुभयो तब परमेश्वरलाई लाग्यो कि अब मैले एउटा सुन्दर चीज बनाउनु पर्दछ । त्यो मैले आफ्नो स्वरुपमा मानिस बनाउँछु जब मानिस बनाउने कुरा भयो त्यसपछी उहाँले माटोबाट मान्छे बनाउनु भयो र उसको शरीरमा प्राणको सास फुकिदिनु भयो । जब त्यो मान्छे उठ्यो त्यसको नाम ‘आदम’ राख्नुभयो । त्यसको लागि एउटा ‘अदन’को बगैंचा बनाउनु भयो । त्यसैमा घुम्नु, खानु भनी जानुभयो । परमेश्वर घुम्न आउँदा ऊ एक्लै भएको देखेर जोडी बनाउने सोँच्नु भयो र ‘आदम’लाई गहिरो निन्द्रा मा सुताएर उसको एउटा करङ निकालेर महिला तयार गर्नुभयो । उसको नाम ‘हव्बा’ राख्नुभयो । ती दुबै जनालाई ‘अदन’को बगैँचा हेर्ने जिम्मा दिएर जानु भयो ।

बगैंचामा एउटा फलको वृक्ष थियो तसको फल नखानु भन्नुभयो । ती महिलाको जबर्जस्तिले गर्दा ‘आदम’ले पनि त्यो फल खायो । जब परमेश्वर बगैंचामा घुम्न आउँदा दुबै जना देखेनन्  परमेश्वरले बोलाउनु भयो । ‘आदम’ले मलाई तपाईंको अगाडि आउन लाज लाग्छ म आउदिन भन्छ । पछि परमेश्वरलाई थाहा भयो, मैले नखान भनेको फल खाइस भनेर सोध्दा हजुर मैले यहि महिलाले जबर्जस्ती गरेर खाएँ भने पछि परमेश्वरले भन्नुभयो अब तिमीहरु पृथ्वीमा जाउ त्यहीँ उत्पादन गरेर खाउ । आफ्नो सन्तानले धर्ती भर, भनी धर्तीमा पठाउनु भयो । आज पृथ्वीमा भएका जति पनि मानिस छौँ त्यो ‘आदम’ र ‘हव्बा’का सन्तान हुन् भन्छ । यदि बाइबलको यो कुरालाई लिने हो भने पनि मानिस एकै बाबुआमाका सन्तानले यो धार्ती भरेको भन्ने प्रमाणित हुन्छ ।
२. कुरान भन्छ
यो धर्तीमा जति पनि मानिस छन् , ती सबै ‘अब्राहम’ र ‘सारा’का सन्तान हुन् । यसलाई  प्रमाण मान्ने हो भने पनि मानिस एकै बाबुआमाका सन्तान हुन् भन्ने प्रमाणित हुन्छ ।
३. भागवत गिता भन्छ
चार वर्णका मानिस ब्रह्माका सन्तान हुन् । जस्तै; ब्राह्मणको जन्म शिरबाट, क्षेत्रीको जन्म छातीबाट, वैश्यको जन्म जाँघबाट र शुद्रको जन्म पाउबाट भन्छ ।  मानिसको जन्म महिलाको यौनाङ्ग भन्दा अन्तबाट जन्मिनु असम्भव नै हो तर यो विज्ञानको कुरा भयो मानिलिउँ यदि ब्रह्माको ४ अंगबाट मानिसको उत्पत्ति भएको भएपनि आखिर एउटै शरीरबाट मानिसको जन्म भएको भन्ने त पुष्टि हुन्छ नि ।

कुनै अंग अनावश्यक त होइन होला नि ? यदि हो भने आजको मानिस जसले यो नै सत्य हो भन्छ भने शुद्र को जन्म स्थल आफ्नो खुट्टा  काटेर फाल्न सक्छ ? खुट्टा नभई जीवनको अस्तित्व नै छैन्  । जब हामी सबै एक अर्कोसंग अभिन्न रुपले जोडिएका छौँ भने कसरी विभिन्न जात भयो कसरी ? एक अर्को मान्छेसंग छुवाछुत बार्नुपर्ने भयो त ? यो सबै सामन्ती समाजको उपज भएकोले यसलाई एकै जातिको निर्माण गरेर अन्त गर्नको लागि ‘सी’ जातिको निर्माण अनिवार्य भएको हो ।
४. जय गुरु देव धर्मले भन्छ
‘शाहाकारी बन’ जब तिमीहरु मासु खान्छौ आफ्नै प्रजातिको मासु खाइरहेका छौ किन भने जीव हाम्रो जाति हो, हाम्रो उत्पत्ति जीवबाट भएको हो र पृथ्वीका सारा प्रा‍णीको उत्पत्ति जीव अमिवाबाट विकास भएको भन्दछ । यसबाट पनि के पुष्टि हुन्छ भने सबै मानिसको उत्पत्ति स्थल एउटै हो भन्ने प्रमाणित गर्दछ ।
५. भारतीय सन्त रामपाल भनी रहेका छन्
जीव हाम्रो जाति हो । मानवनव हाम्रो धर्म हो हिन्दु, मुस्लिम, सिख, इसाई कोहि छैन पराइ । यसको मतलब हुन्छ कि मानिसको जाती भनेकै जीव अमिवा नै हो । हामी एकै पू्र्खा जीव कै सन्तान हौँ । सबै पृथ्वीको मानिस जीव कै सन्तान हो भन्ने पुष्टि गर्दछ ।
६. महाविर जैन भन्दछन
कि मानवको सिर्फ मानव जाति हो यो भन्दा अर्को जाति छैन । प्रकृतिप्रदत्त रेखा भनेको महिला र पुरुष हुन र महिलाले नामको पछाडी कौर लेख र पुरुषले सिंह लेख, यो नै मानव जाति बिचको विभेदको खाडल पुर्ने उपाय हो, भनेका छन् । त्यसैले के पुष्टि हुन्छ भने आखिर मानव जातिमा विभिन्न जाति निर्माण गरेर शोषण गर्ने पर्खाल तोडेर एकै जातिको समाज निर्माण गर्नुपर्ने भएकोले पनि ‘सी’ जातिको निर्माण भएको हो ।
७. गौतम बुद्ध भन्छन
“यो संसार मा भगवान नै छैनन्  । त्यसैले कोहि भगवानले ठुलो जात र सानो जात बनाएको भन्ने कुरा सत्त्य हैन । म पनि भगवान होइन मेरो पनि मुर्ति बनाएर नपुज्नु । मानिस सबै एकै हुन् कसैलाई देवत्वकरण र कसैलाइ दानवीकरण गर्न जरुरी छैन”, भन्ने भनाइबाट पनि कैयौं पुष्टि हुन्छ भने मानिसमा जन्मजात कुनै विभेद हुदैन । यो वर्ग समाजले लालमोहोर लगाएर शोषण गरिरहेको छ । यसैले ‘सी’ जातिको निर्माण अनिवार्य भएको हो ।

भौतिकवादतिर प्रवेश गरौं
१. यदि हामीले संसारका सबै वस्तुहरुलाई हेर्ने, बुझ्ने, बदल्ने हो भने मार्क्सले भने जस्तै वस्तुलाई उसकै चाल, नियम र गहिराइमा गएर द्वन्दवादी दृष्टिकोणद्वारा अध्ययन नगर्ने हो भने त्यो वस्तुवादी निर्णय निस्कदैन ।
२. मार्क्सका अनुसार “जबसम्म इजिप्ट र भारत जस्ता देशहरुमा धर्मले गाँजेको छ धर्म र राज्यमा जातव्यवस्था कायम गर्ने श्रमविभाजनको भद्दा रुप रहेसम्म जातीय अवधारणा शक्तिशाली रहन्छ र जबसम्म विभाजनको प्रकृया रहन्छ एकै जीवका सन्तान पनि विभक्त रहन्छन र शोषण मा पिसिरहन्छन् । – (पुँजी खण्ड १) यसबाट पनि के कुरा बुझिन्छ भने मानिस एकै जीवको अविछिन्न जाति हो ।
३. सामाजिक विज्ञानका पिता जोड डिबी. का अनुसार जब समाजमा वर्ग अस्तित्वमा आयो निजि स्वामित्व र सत्ताको विषय आयो । वर्ग समाजलाई विभाजन गरियो । समाज सञ्चालनको हतियार निर्माण गर्नका लागि विभिन्न शोषण, दमन, विभेदको सृजना गरिएको हो । त्यो भन्दा पहिले समाजमा एकता कायम थियो । यस कुराबाट पनि सहजै पुष्टि हुन्छ कि मानिस एकै पू्र्खा को सन्तान हो ।

मानव शास्त्रीय तथा समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा
जीव वैज्ञानिक चार्ल्स डार्बिनले प्रकृतिमा प्रकृतिसंग सरल तथा निम्न स्तरको जीव (अमिवा) बाट विकसित पृथ्वीका सम्पुर्ण उत्कृष्ट जीवहरुको उत्पत्ति भएको भन्ने कुरा वैज्ञानिक तथ्यको आधारमा सिद्ध गरिदिए । अजैविकबाट जैविक, जैविकबाट सजिव, सजिवबाट सचेत, सचेतबाट चेतनशीलतिर विकास हुँदै मानव समाज अस्तित्वमा छ भन्ने कुरा वैज्ञानिक पुष्टि भइसकेको छ ।

अनुवांशिकी (geneticaly) हिसाबले हेर्दा पनि मानिसमा ९९.९ प्रतिशत मानिस समान छन् । ०.१ प्रतिशत मानिस फरक छन् । त्यो पनि विभिन्न रोगको कारणले । साथै पृथ्वीमा धेरै पहिले क्रोमेग्नन भन्ने प्रजाति देखिरको थियो तर त्यो प्रकृतिसंग लड्न नसकेर लोप भयो । त्यसपछि निअन्ड्र्थल देखा पर्‍यो । त्यो पनि प्रकृतिकको चपेटामा परेर समाप्त भयो र अहिले जुन मानव जाति अस्तित्वमा छ त्यो होमोसेपियन्स हो । यसको सम्भावित पुर्ख होमोइरेटेक्स हो र यो तथ्यले पनि के पुष्टि गर्दछ । आजको मानव एकै पुर्खा हो भने विभिन्न जाति किन ? त्यसैले एकै जाति ‘सी’ जातिको अनिवार्य माग गर्दछ ।
अब अलिकति वैज्ञानिक विषयमा चर्चा गरौं
१. प्रत्येक मान्छेको टाउकोमा १६ करोड न्युरो हुन्छ । त्यो प्रत्येक जातिको टाउकोमा हुन्छ भन्ने  वैज्ञानिक पुष्टि भएको छ ।
२.  प्रत्येक मानिसको मुटु ३ मिनेटमा ८४ पटक धड्किन्छ त्यो पनि सबै जातिमा बराबर धड्किन्छ ।
३. प्रत्येक मान्छेको रगत रातो नै हुन्छ त्यो पनि सबै जातिमा हुन्छ ।
४.  प्रत्येक मानिसको शरीरमा दैनिक ७ हजार सेल जन्मिने र ७ हजार सेल मर्ने क्रिया हुन्छ त्यो पनि सबै जातिमा बराबर हुन्छ ।

त्यसैले मानव जाति सारा जगतमा एकै जीव बंशको सन्तान भएको हुदाँ सत्ता संचालक शासकले वर्ग विभाजन गरिरहेको समाजमा नयाँ क्रान्तिको सुरु भएको छ । यसलाई यसलाई सबैले आत्मसात गरेर राष्ट्रिय एकता, जातीय एकता निर्माण गर्ने उदेश्यले ‘सी’ जातिको अवधारणा नेकपाका महासचिव विप्लवले अगाडि सार्नु भएको छ । यसलाई यसलाई प्रयोग गर्न अनिवार्य बन्न पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation