एमाले युवाको दवाब अनुसार समाचार नलेख्दा सामाजिक सञ्जालमा पत्रकारको चरित्र हत्या

डडेल्धुरा । एमाले निकट युवाको दवाब अनुसार समाचार नलेख्दा डडेल्धुरा स्थित पत्रकार मनोज राउतको सामाजिक सञ्जालमा चरित्र हत्या गरिएको छ ।  बुधबार परसुराम नगरपालिका आमपानी राउटे बस्तीकी एक बालिका रंगुन खोलामा मृत अवस्थामा भेटिएको बिषयमा प्रहरी मुचुल्का नआउँदै एमाले निकट केही युवाहरूले हत्या भनेर समाचार लेख्न दवाब दिएका हुन् ।

एमाले निकट युवाहरुले सो घटनाको प्रहरी मुचुल्का नआउदै हत्या हो भनेर लेख्न राउतलाई दवाब दिएका थिए । राउतले सञ्चालन गरेको जनमुक्ति डटकम मिडियाले रंगुन खोलामा बालिकाको लास फेला भनेर समाचार बनाएको थियो । राउतलाई सामाजिक सञ्जालमा एमाले निकट युवा मोहन धामी लगायतले तथानाम गाली गर्दै कमेन्ट गरेका छन् । धामीले गरेका अपाच्य शब्द सहितका कमेन्टहरु डिलिट समेत गरिएका छन् ।

धामी लगायत केही युवाहरूले फेक फेसबुक आइडी बनाएर सामाजिक सञ्जालमा उक्त बिषयलाई अनर्गल रुपमा भाइरल गर्न खोजेका थिए । फेक आइडी मार्फत पत्रकार राउतको  चरित्र हत्या हुने किसिमका पोष्टहरु गरिएका छन् । “मलाइ नपच्ने खालका अपशब्द प्रयोग गर्दा प्रतिवादमा मैले पनि अपशब्द नै प्रयोग गरेको हुँ, डिलिट गरिएका कमेन्टहरु हेर्न प्रहरी साइबर ब्युरो सम्म पुग्न चाहेको छु”, राउतले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation