पूर्व प्रधानमन्त्री माथि गोली प्रहार, अवस्था गम्भीर

२४ असार । जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनको अवस्था निकै गम्भीर भएको बताइएको छ।
नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएका बेला आबेमाथि गोली प्रहार भएको बताइएको छ । जापानको समाचारसंस्था एनएचकेका अनुसार भाषण गरिरहेका शिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो।
गोली लागेपछि उनी ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो। समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जापानमा हाते बन्दुक प्रतिबन्धित छ। जापानमा यस प्रकारको घटना एकदमै दुर्लभ मानिन्छ।
टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे ूमुटु र श्वासप्रश्वास नचलेको अवस्थामाू भएको बताएका छन्।
शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्। स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation