सैन्य विमान चढेर राष्ट्रपति भागे

काठमाडौं । श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण आक्रोशित मानिसहरूले विरोध प्रदर्शन गरिरहेका बेला श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष देश छोडेर अन्यत्र गएका छन् । देश छोड्दा उनले सेनाको विमान प्रयोग गरेका छन् । त्रिहत्तर वर्षीय राजपक्ष स्थानीय समयानुसार बिहानको ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बताइएको छ ।
श्रीलङ्काको वायुसेनाले राष्ट्रपति गोटाबय राजपक्ष, उनकी पत्नी र दुई सुरक्षाकर्मीलाई माल्दिम्स जान सैन्य विमान उपलब्ध गराइएको पुष्टि गरेको छ । त्यसका लागि सरकारले अनुरोध गरेको सेनाको भनाइ छ । स्रोतका अनुसार राजपक्ष माल्दिम्समा नबस्ने र अन्य कुनै देशमा जाने बताइएको छ । तर उनको मूल गन्तव्य कहाँ हो त्यो स्पष्ट भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation