सदरमुकाम देखि तारापानी तर्फ जादै गरेको जिप दुर्घटना हुँदा दुईजनाको घटना स्थलमा मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।
बुधबार मुगु गमगढी सदरमुकाम बाट तारापानि तर्फ जादै गरेको क.प्र. ०२-००१ ज ००५९ न. को जिप सोरु गा.पा. ८ कचिया भन्ने स्थानमा सडकबाट अ.१०० मिटर तल खस्दा चालक सहित एक महिलाको घटना स्थलमै मृत्यु भएको र चार जना घाइते भएका जिल्ला प्रहरी प्रमुख ना.उ.प बीरेन्द्र थापाले जानकारी दिएका हुन ।
प्र.ना.उ थापाका अनुसार मृत्यु हुनेमा चालक समेत रहेका सोरु गा.पा. ७ बस्ने बर्ष अ. २१।२२ को कबिराज नेपाली र सवार महिला सोरु गा.पा.२ जरेपानी बस्ने वर्ष अं. २६ कि कुसुम नेपाली रहेको छ्न भने घाइते हुने मध्ये : सोरु गा.पा. ६ पुरुमुरु बस्ने बर्ष अ. ३५ को मन्जन नेपाली, टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस बोल्न नसक्ने ,सोरु गा.पा ६ बस्ने बर्ष अ. २८ को सर्जन नेपाली निधारमा काटिएको बोल्न सक्ने , सोरु गा.पा ६ बस्ने बर्ष अ. २२ को हिरा सिंह नेपाली घाटि, टाउकोमा चोटलागेको बोल्न सक्ने,सोरु गा.पा. २ जरेपानी बस्ने वर्ष ३२ को गोरख बहादुर नेपाली शरिरको बिभिन्न भागमा चोट लागेको बोल्न सक्ने बताइएको छ ।
ना.उ.प थापाले घाइते चारै जनालाई जिल्ला अस्पताल मुगुमा उपचारको लागि पठाएको बताएका छन ।