बाँकेमा नेकपाको पहिलो-दोस्रो अवधिक योजना र मेरो दायित्व

                                अनुभूति

परिस्थिति निकै पेचिलो बन्दै थियो । नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक नवौँ  महाधिवेशन भव्य एवम् सानदार रुपमा केही महत्वपुर्ण संश्लेषण सहित सम्पन्न भएर हामी कार्यक्षेत्र फर्किएका थियौँ । महाधिवेशनले पारित गरेका नयाँ संश्लेषण, नीति तथा कार्यकमलाई योजनामा व्यक्त गर्न हेडक्वाटरलाई केही समय होमअर्कको टायम चाहिन्थ्यो । त्यो अवधीमा हामी जिल्लामा फर्कियौँ  र केही समयपछि केन्द्रीय समितीको दोस्रो पुर्ण बैठकमा  सहभागी भईयो । दोस्रो पुर्ण बैठकको सम्पर्क पाउना साथ सहयोद्धाहरु बिच अनौपचारिक छलफल हुन्थ्यो । कार्यक्षेत्रको बिषयमा तर फेरि निस्कर्ष भने पार्टीले पठाएको जुनसुकै ठाउँमा जान तयार हुनै पर्छ भन्ने नै हुन्थ्यो । हामी शिवगढी पुग्यौ  र बैठक प्रारम्भ भयो ।

बैठकमा महासचिवद्वारा प्रस्तुत राजनितिक दस्तावेज व्यापक समुहगत छलफल पछि पास भयो । बैठक आगामी योजना मा प्रवेश गर्‍यो । त्यस्को महत्वपुर्ण पक्ष भनेको संगठनको थियो । संगठनमा पनि सिङ्गो केन्द्रीय सदस्यको कार्यविभाजन थियो । महासचिव र पार्टी प्रवक्ताले १२७ जना केन्द्रीय सदस्यसंग वान टु वान छलफल गरेर राय बुझेर कार्यक्षेत्र निर्धारण गर्ने सोंच राखे अनुसार मेरो पालो आयो । म उहाँहरुसंग गएँ । ३/४ जिल्लाको विकल्पमा मैले एकपटक सहरिया जिल्लाको अनुभव लिन पाए हुन्थ्यो भन्ने धारणा राखें र निस्किएं ।

पछि बैठकमा महासचिव कमरेडले समग्र केन्द्रीय सदस्यको जिम्मेवारी सुुनाउने सवालमा रणदीप बाँके जिल्ला ईन्चार्ज भनेर सुन्ने बित्तिकै मनमा अनेकौ तरङ्ग अरु तरङ्गिन थाले । म सक्छु कि सक्दिन  कसरी जिम्मेवारी पूरा गर्ने भन्ने बिषयमा अनेकौं खुल्दुलीहरु चलिरहे । त्यसपछि ब्युरो ईन्चार्जको जिम्मेवारी तोकियो । चार जिल्लाको दक्षिण कर्णाली ब्युरो बन्यो । हाम्रो ब्युरोमा नयाँ ब्युरो ईन्चार्ज पर्नुभयो । सबै नयाँ-नयाँ हुँदाको चुनौतीको बिषय त्यत्तिकै छँदैछ तापनि नयाँ ब्युरो ईन्चार्जले ब्युरोमा कार्यरत सीसीएमसंग ब्युरो बैठकको लागि परामर्स लिनुभयो र बैठकको मिती, स्थान तय गरी हेडक्वाटरसंग भेटघाट गरी फिल्डतिर लाग्यौं । ५ घण्टा हिडेर बाँके पुगियो ४ दिनको तयारीपछि २०७९ माघ ५ गतेको ब्यरोको प्रथम बैठकमा जुट्यौं ।   महाधिवेशन देखि अर्को १०औं महाधिवेशन सम्मको ५ बर्ष लाई १० वटा आबधिक योजना मा बिभक्त गरेको थियो र हामी पहिलो आवधिक योजनाको प्रथम बैठकमा जुटेका थियौं ।  जिल्लामा पुग्यौं । जिल्ला सेक्रेटरी क. कल्पना सहित डिसियम कमरेडहरुले कोहलपुर खाजाघरमा स्वागतको तयारी गरेको रैछ । बिशेषगरी नयाँ जिम्मेवारी सहित ब्युरो ईन्चार्ज क संगमको स्वागतमा सहभागी भैयो । स्वागतपछि परिचय र बैठकको बारेमा स्थान टुङ्गो लगाएर छुटियौं । देशै भरिको पहिला बसेको ब्युरो बैठकले  जिल्ला बैठकको लागि बाँकेको लगत्तै ७ गते नै गर्ने निर्णय गर्‍यो ।

ब्युरो ईन्चार्जको प्रमुख आतिथ्यतामा बैठकमा सहभागी भयौं । केही पहिलाका केही थप गरेर ११ जना जिल्ला सदस्य कमरेडहरु सहभागी हुनुहुन्यो ।  क. डिल्लीलाई जेलबाट भर्खरै छोडेको थियो ।  उहाँ पनि सहभागी हुनुभयो, स्वागत पनि गरियो ।  अपरिपक्क जस्तो देखिने जिल्ला कमिटी झट्ट हेर्दा अपत्यार लाग्दो देखिन्थ्यो । कालिकोटमा ७९ जनाको जिल्ला कमिटीको नेतृत्वको त्यहाँ भिन्नै अनुभूति भैरहन्थ्यो तर पनि बैठक सानदार रुपमा सम्पन्न भयो । मैले जिल्लाको ३ महिनाको बजबुझारत गर्न बाँकी थियो । लगत्तै ब्युरो ईन्चार्जसंग परामर्श गरेर मध्यकर्णालीको प्रथम बैठक दैलेखमा थियो त्यहाँ पुगियो ।

मध्य कर्णाली ब्युरो बैठकमा सहभागी भैयो । बैठकपछि ब्युरो ईन्चार्ज क विवेक, क विराट,  जिल्ला ईन्चार्ज क बलवान् र सेक्रेटरी क शाहसीसंग बसेर ३ महिनाको कारोबारको बजबुझारत गरेर क विराट र म कालिकोट लाग्यौं । केहीदिनको बसाई पछि म बाँके फर्किए ।  लगत्तै आउँदै गरेको जनयुद्ध दिवस फाल्गुण १ को तयारीमा लागियो । कमरेडहरुसंगको सहकार्यको कमीले तयारी सोंचे जस्तो नभएपनि फाल्गुण १ लाई व्यापक र्‍याली सहित १५० जतिको जनसहभागितामा खुल्ला सभा गरेर शुभकामना आदान-प्रदान गरियो  । साँझ दिपावली पनि भव्य रुपमा सम्पन्न भयो जो पार्टी पुनर्गठनको कार्यकाल भरिको पहिलो र भव्य हो भन्ने प्रतिक्रिया थियो अन्य रचनात्मक कार्य गर्न सम्भव पनि थिएन ।

 

त्यसपछि सहिद सप्ताह कार्यक्रममा सहभागी भयौँ । बाँके जिल्लाको २ ठाउँमा शहिद परिवारलाई सम्मान गर्ने निधो भयो । फाल्गुण १८ गते कोहलपुर र २१ गते राप्तिसोनारीको  फत्तेपुर सहिद भवनमा  २ वटै ठाउँमा ६३ जना सहिद परिवारलाई काँसको कचौरा र सम्मान पत्र दिएर सम्मान गरियो । शहिद परिवारको भाव उज्यालो देखिन्थ्यो । पार्टी छ भन्ने अनुभूति भयो भन्ने खालको प्रतिक्रिया पाईयो ।  त्यसपछि हामी संघर्षका कार्यक्रममा लाग्यौं । राष्ट्रघाती एमसीसी, मिटर ब्याजी  र चर्को लघुवित्त र बैङ्किङ्ग ब्याजदर विरुद्ध केन्द्रीय संघर्षको कार्यक्रम ब्युरोभरि मध्य बाँकेले सानदार रुपमा सम्पन्न गर्‍यो ।  जब सहकार्य बढ्दै गयो, कमरेडहरुले एक अर्कालाई नजिकबाट चिन्ने र  योजना वा जिम्मेवारी दिने सवालमा सजिलोपन हुँदै गयो ।

बाँके बसेर पहिलो दोस्रो आवधिक योजनाभरि १५ महिनामा १८ दिन मात्र मेरो हाजिरी छैन । बाँकी सबै समय बाँके मैं निरन्तर बित्यो । त्यसपछि जनतासंग सम्बन्ध बिस्तार अभियान तय गरिएको थियो । उक्त अभियान उद्घाटन बाँकेको खजुरामा गर्ने निर्णय बमोजिम खुल्ला कार्यक्रम गरेर अभियान उद्घाटन गरियो । उद्घाटनमा सम्पुर्ण जिल्लाकमिटी पुगे पनि निरन्तरता दिने सवालमा नसकिएको तीतो यथार्थलाई मनमा भारी बनाएर बोक्दै करिव बर्षे उत्पादन बालीको तयारीमा केही दिन बित्यो । लगत्तै पार्टी एकताको विशेष बैठक हेडक्वाटरले आयोजना गर्‍यो र हामी कपिलवस्तुतिर लाग्यौं । जेष्ट महिनाको समय थियो गर्मिले निकै सताईरहेको थियो, हामी कपिलवस्तु केन्द्रीय कार्यलयमा पुग्यौं ।

एकतामा सहभागी माओवादी समाजवादीका कमरेडहरु धेरै जसो पुरानै सहकर्मी अनुहार र केही फरक अनुहार पनि देखिए एकता आफैमा  हर्षको बिषय भएकाले निकै उत्साहको रौनक हल बाहिर देखिन्थ्यो । हल प्रवेश गर्‍यौं । केन्द्रीय सदस्य कमरेडहरुमा समायोजनको प्रस्ताव प्रस्तुत भयो । एकमतले गडगडाहट ताली बजाएर अनुमोदन भयो । केही नयाँ प्रस्ताव र निर्णय सहित बैठकमा गगनभेदी नारा घन्काएर बैठकको समापन गरी कार्यक्षेत्रमा लाग्यौँ । लगत्तै जिल्लामा एकताको बैठक बस्यो । ३३ सदस्य जिल्लाकमिटी बन्यो ।समान सहभागिताको जिल्लाकमिटी बनेछि  नयाँ उत्साह पैदा भयो । ३ महिनासम्म पुरानै जिल्ला नेतृत्वमा रही ३ जना केन्द्रीय सदस्य र ६ जना केन्द्रीय प्रतिनिधि समिति सदस्यको टिम जिल्लामा रहेर काममा लाग्यो ।

सोचें अनुसार नखट्ने समस्याको बिचबाट राजनितिक वैचारिक कामहरु १ महिना लगियो । त्यसपछी उत्पादनका काममा जोडियो ।  त्यो मध्य धानको ब्याड राख्ने काममा क. शेखर र म निकै दु:ख गरी लाग्यौ । क. कल्पनाले बिउको व्यवस्थापन गर्नुभयो । बिउ हुर्किदै गयो । आकासबाट पार्नीको थोपा बर्षनै छोड्यो । बल्लतल्ल पानी किनेर श्रावण २४ गते मात्र ५ कठ्ठामा रोपाई गरियो । ब्युरो ईन्चार्जको सहभागितामा भएको रोपाई विशेष स्मरणयौग्य छ । त्यसपछी कहिले गर्मी त कहिले झरीसंग लुकामारी गर्दै  पहिलो अवधिक योजना सकियो । झिनो संगठनात्मक उपलब्धी सहित महत्वपुर्ण राजनितिक हस्तक्षेप र थ‍ोरै भएपनि उत्पादनको संस्कार पहिलो अवधिक योजनाका उपलब्धी हुन्  ।

चौथो केन्द्रीय समितीको बैठक बस्ने खबर प्राप्त भयो । हामी बैठकको लागि सम्पर्कतिर लाग्यौं । जाँदै गर्दा जिल्लालाई गतिदिने बिषयमा हामी  केन्द्रीय सदस्य कमरेडहरु बिच अनौपचारिक छलफल चलाउँदै गयौं । जिल्लालाई २ वटा जिल्लामा विभक्त गर्नुपर्छ भन्ने भयो । पछि बैठकले पनि धेरै निर्णय मध्य बाँके बर्दिया र जाजरकोटलाई २/२ जिल्लाको संरचनामा बदल्यो । त्यसरी नै नेतृत्व सेट गर्‍यौं र मेरो जिम्मा उत्तर बाँके जिल्लामा रहयो ।  रचनात्मक प्रतिस्पर्दा सहित राजनितिक गतिविधीले निकै तिव्रता पायो । देशैभरि नेतृत्वको दौडधुपको प्रभाव बाँकेमा पर्ने नै भयो । क. महासचिव  सम्मिलित ३ वटा राजनितिक भेटघाट त कोहलपुर मै भए भने थुप्रै अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न भए ।

छ/छैन अवस्थाको बाँके जिल्लामा पार्टी निकै स्थापित भयो । दर्जनौं पटक ब्युरो स्तरका पार्टी र जवसका बैठक प्रशिक्षणहरु कोहलपुर मैं सम्पन्न भए । वैचारिक स्कुलिङ कार्यक्रमहरु हप्तौँ सम्म बाँकेमै संचालन गरियो । अप्ठेराहरु त झेल्नसम्म झेलियो तै पनि सहजै पार गरियो । यसको फाईदा कमै भएपनि बाँकेले राजनितिक रुपमा लियो । समग्रमा दोस्रो आवधिक योजना पनि सानदाररुपमा सम्पन्न भयो । दुबै अवधिक योजनामा भएका उपलब्धीहरु र सीमाको बिषयमा उल्ले गर्दा मलाई बाँके जिल्लामा म नयाँ भन्ने कुनै पनि भान भएन । बाहिरबाटै ईन्चार्ज भएर आउँछन भन्ने साँघुरो घेरालाई सजिलै क्रस गरियो ।

बाके जिल्लामा प्राय:जसो कहि न कहि हिमाली, पहाडीबाट झरेरै बसोबास गरेको जिल्ला हो । बर्सेनि ६ % जनसंख्या आयात हुन्छ भन्ने तथ्याङ्कलाई हेर्ने हो भने केही प्रतिशत थारु समुदाय बाहेक सबै आयातित बसोबासीहरुको जिल्ला हो । त्यसैले पनि म त्यही जिल्लाकै नागरिक भएर काम गरेँ र गर्नुपर्छ । तथापी मेरो १५ महिनाको अवधीमा कालिकोटबाट मात्रै बाँके जिल्लामा जनयुद्धको बेला शहिद हुने कमरेडहरुको सुची मसिनो गरेर निम्नानुसार पत्ता लगाए र गर्वका साथ बाँकेको नेतृत्व गर्ने जाँगर पनि लाग्यो । जो विवरणलाई निम्नानुसार उल्लेख गरिएको छ :
शहिदको नाम (ठेगाना) मिति, स्थान
१. क.सुदर्सन (माल्कोट) २०६०/६/३, कुसुम
२. क.उमेश (माल्कोट) २०६०/६/३, कुसुम
३. क.जगत (कुमलगाउँ) २०६०/४/१०, बाँके
४. क.प्रवेश (रुप्सा) २०६२/२/२३, कुसुम
५. क.सत्य (मान्म) २०६०/६/२३, कुसुम
६. क.हिक्मत बिष्ट (मान्म) २०५९/१०/४, चिसापनी
७. क.समर (फुकोट) २०६२/११/२, चप्रगौडी बाँके
८. क.पर्वत (फुकोट) २०५८/११/२०, भारत सीमाना
९. क.किश्वर (फुकोट) २०५९/११/१२, नेपालगञ्ज
१०. क.बिषम (फुकोट) २०६०/६/२३, कुसुम
११. क.रोचक (फुकोट) २०६०/६/२३, कुसुम
१२. क.विशाल (पाँखा) २०५८/३/१९, कुसुम
१३. क.मदन (पाखा) २०६०/६/२३, कुसुम
१४. क.झरना ( छाप्रे) २०६० / ६/२३, कुसुम
१५. क.यज्ञ (छाप्रे) २०६१/९/१२, कोहलपुर
१६. क.जेम (छाप्रे) २०६१/८/१६, बैजापुर
१७. क. अमर (जुबिथा) २०६२/१०/१०, नेपालगञ्ज
१८. क. भावना (सुकाटिया) २०६०/६/२३, कुसुम
१९. क. दर्शन (चिल्खायाँ) २०६०/२/१४, बाँके
२०. क. भिम (चिलखायाँ) २०६०/६/२३, कुसुम
२१. क. उद्घाटन (चिलखायाँ) २०६२/१/४, राप्तीनदी
२२. क. बिमल (ओदानकु) २०६२/२/५, खैरीखोला
२३. क. हर्के सार्की (पाखा) नेपालगञ्ज।
बेपत्ताहरु
१. क कुशुम (फुकोट) २०५९/७/९, नेपालगञ्ज
जनयुद्ध कालमा क समर जस्ता लिडरहरु कालिकोटबाट गएर लिडिङ गरिहेको, नेकपा पुर्गठनपछि पनि क रणवीर र क समर क अडिक र म गरेर ४ जनाले प्रत्यक्ष नेतृत्व गरेको जिल्लाको रुपमा स्थापित बाँके जिल्लामा दर्जनौं घाईते छोडेर २४ जना होनाहार कमरेडहरुले बाँकेमा बलिदान गर्नुभएको छ । उहाँहरुलाई सम्झिएर मैले आफ्नो जिम्मेवारीलाई बेहिचकिचावट पूरा गर्ने अठोट लिएँ । नत मेरो व्यक्तिगत कुरा थियो नत कुनै सर्त । मात्रै जिम्मेवारी कसरी पुरा गर्ने भन्ने चिन्ताका साथ  लागियो । नेता खुसी पार्ने तर नीति लागु नगर्ने प्रवृतिसंग लडियो र कमिटीलाई एकढिक्का गरी कार्यकाल सुखद बिताईयो । तथापी केही तीता अनुभुतीहरु पनि छन् जो मैले समस्याको रुपमा लिएको छु ।

जसले बढी नीति अनुशासनको कुरा गर्छ उसैले त्यो कार्यन्वयन नगर्ने परम्पराको सामना गर्दै  ईतिहासले सुम्पेको जिम्मेवारी पुरा गरियो । राजनितिक संङघर्षमा बाँकेको आफ्नै ईतिहास छ भने पञ्चायत कालमा बाँके किनबेचको वस्तु जस्तो हुन पुगेपनि अन्तत: बाँके बाँके भई उभिरह्यो ।   बहुदलपछि बाँके राष्ट्रिय राजनितिको  निर्णायक ठाउँमा भुमिका पर्‍यो भने जनयुद्ध कालमा पश्चिमको वर्गषंघर्षको मुटुको रुपमा काम गरेको थियो र एकीकृत जनक्रान्तिमा पनि साबिकको भुमिकामा कतै कमी छैन ।

जति ऐतिहासिक भुमिका खेलेको छ त्यति नकारात्मक घटनाक्रम व्यहोर्दै आएको छ दलाली, तस्करी, मिटरब्याजी भारतीय दबदवा देखि अवैध कारोबार ठगीधन्दाको सामना , गुटगत मनस्थिति भेगीय र क्षेत्रिय सङ्कीर्णता बाँकेले सामना गरिरहनुपर्ने नकारात्मक  शिक्षा हुन् यी सबैबाट माथि उठाउन सकियो भने क्रान्तिको लागि निर्णायक केन्द्रको रुपमा स्थापित गर्न सकिनेमा कुनै दुईमत छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation