पोल्ट्रीफार्म संचालनमा ल्याउँदै, नेकपा बागमती प्रदेश

काठमाडौं – नेकपा केन्द्रिय कार्यालय तथा बागमती प्रदेशको संयुक्त आयोजनामा पोल्ट्रीफार्म निर्माण कार्य सुरु गरिएको छ ।

 

पार्टीको केन्द्रीय निति अनुसार आत्मनिर्भरका लागि उत्पादनको नितिलाई अवलम्बन गर्दै स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीको उपस्थितिमा काठमाडौको काभ्रेस्थलीमा उक्त कार्य निर्माणको थालनी गरिएको हो ।


डेढ रोपनी बराबरको जग्गा लिजमा लगि २ हजार कुखुरा अट्ने क्षमता भएको खोर निर्माण गर्न लागेको र एक हप्ताभित्रमा ८००देखि १००० कुखुरा बाट व्यबसाय सुरु गर्ने, प्रवत्ता प्रकाण्ड सी बताउनुभएको हो ।

 

‘देशकै मुख्य राजधानी अथवा मुख्य केन्द्रबिन्दु, बजार र यातायातको सहज र सरल पहुँच  हुने हुनाले र लोकल कुखुरा पालनको लागि उपयुक्त स्थान भएको हुँदा फार्म यहाँ सन्चालनमा ल्याउन लागेको’ उहाँले भन्नुभयो ।

यो कार्य समाप्ती  संगै  १००० क्षमता बराबरको नयाँ पोल्टी फार्म पुन निर्माण गरिने बताउनुभयो ।

 

उक्त पोल्ट्रीफार्म निर्माणकार्यमा प्रवक्ता प्रकाण्ड सी लगायत ३०-३५ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो । लगभग दुई घण्टाको श्रम कार्यमा नेकपा काठमाडौका जिल्ला सचिव चिरञ्जीवी सी,  अखिल समाजवादीका अध्यक्ष नरेन्द्र सी, श्रमिक मोर्चाका अध्यक्ष रामलाल सी, युवा संगठन नेपालका अध्यक्ष दिनेश सीको टिम सहित स्थानीय जनताको सहकार्य तथा महत्वपूर्ण उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation