काठमाडौं । दैलेख – काठमाडौं समाजवादी मञ्चको प्रथम भेला आज काठमाडौंको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजको हलमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज सुशील सी.ले समाजवादी मञ्चले नेपालमा ‘नेपाली विशेषताको समाजवाद’ प्राप्तीका लागि आधार निर्माण गर्न भूमिका खेल्नुपर्ने बताउनु भएको छ ।
त्यस्तै उद्योगी दीप बहादुर शाहीले नेकपाले जमीन र उत्पादनसंग संघर्ष गरिरहेकोमा प्रशंसा गर्दै नेपालमा मौलिक समाजवादको आवश्यकता रहेको र त्यो प्राप्तिका लागि अघि बढ्न सुझाव दिनुभयो ।
नेकपा केन्द्रीय सदस्य रामलाल सी.ले विभिन्न कामको शिलशिलामा काठमाण्डाैं आइ बस्ने दैलेखीहरुको चौतर्फी हकहितको पक्षमा काम गर्न मञ्चलाई सुझाव दिनुभयो ।
नेकपा केन्द्रीय सदस्य राजकुमारी सी, केन्द्रीय प्रतिनिधि सदस्य विक्रम सी, केन्द्रीय प्रतिनिधि सदस्य कुशल सी, केन्द्रीय प्रतिनिधि सदस्य हरि सी, व्यवसायी सहवीर बिके तिरुवा, जनसम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष क. रत्न सी र अन्य पदाधिकारीहरु लगायतले भेलामा शुभकामना – सुझाव राख्नुभयो ।
भेलाले कृष्ण बहादुर शाही अध्यक्ष, उपाध्यक्ष – अभिशेक सुनार, सचिव – कमल थापा, सहसचिव – अस्मिता शाही र कोषाध्यक्ष रमेश शाही सहित २१ सदस्यीय समिति निर्माण गरेको छ ।
कार्यक्रममा इन्द्रेणीका कलाकार खगेन्द्र विश्वकर्मा, कलाकार कुसुम परियार र सामना परिवारका गोविन्द सी.को दमदार सांगीतिक प्रस्तुति रहेको थियो । कमल थापाको अध्यक्षता, सर्जक सी.को स्वागत भाषण एवं प्रतिबद्ध सी.को सञ्चालनमा भेला सम्पन्न भएको छ ।