कार्कीको ‘नसके मलामी आउँला’ सार्वजनि

काठमाडौ । साहित्यकार एवम् लोक देउडा सर्जक अनिपाल कार्कीको “सके नुन बारुला, नसके मलामी आउँला” बोलको लाईभ देउडा सार्वजनिक भएको छ ।

 

मंगलबार दुर दर्पण लाइभ स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीत Anipal Karki supreme युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

 

“बाजुरा मुगुका विच झुगला तारुला।
जोगि हौंला भिग मागुला माया काँ मारुला।।
न सक्या मलामी आउला सक्या नुन बारुला।।

छायानाथ दर्शन गर्‍न्या मनमा छियो धोको।
माया छियो रारा जस्तो कर्म भयो खोटो।।
नखायाको बीस लागिगो मन त छियो चोखो।”

दर्शकको मन जित्ने दर्जनौं देउडा गीतमा शब्द सृजना गरेका कार्कीले यो लाइभ देउडा भने संगिता बडुवालसंग आफैले गायका छन् । आफ्नै स्वरमा रेकर्डिङ भएको उनको यो पहिलो देउडा गीत हो ।

गीतले एउटा असल प्रेमजोडीको दर्दनाक प्रेम कहानीलाई उजागर गरेको छ । अत्यन्तै मार्मिक शब्द रचनामा सजिएको यो गित प्रेमिकालाई भावनामा बगाउने एवं पछुताउने भाव देखाउन खोजिएको छ । यो देउडा हेर्ने/सुन्ने जोकोही प्रेमजोडी पक्कै पनि भावुक बन्ने अनुमान गरिएको छ ।

 

कार्कीलाई परम्परागत कला संस्कृतिको जगेर्ना गर्दै नयाँ पिँडीलाई उत्प्रेरित बनाउने एउटा कुशल सर्जकको रूपमा चिनिन्छ । कार्कीले आफू कर्णालीको भाषा, संस्कार र संस्कृतिको पहिचान जोगाउनु पर्छ भन्ने उद्देश्यले विभिन्न लेख रचना र गीत-संगित मार्फत सन्देश प्रवाह गर्दै आएको बताउनुभयो ।

 

 

उहाँले नेपाली लोक देउडा तथा कला साहित्यलाई माया गर्ने सम्पुर्ण दर्शक श्रोताले आफ्ना देउडा गीत एवं गजल, कवितालाई माया गरी थप हौसला दिई सल्लाह सुझाव दिन पनि अनुरोध गर्नुभएको छ ।

केहिदिन अगाडि कर्मथलो पाल्पाबाट गित रेकर्डिङका लागि जीवनसंगिनी अप्सरा कार्की र छोरा हृदय कार्की पनि संगै काठमाडौं आउनुभएको छ ।

 

 

कार्कीको शब्दमा पहिलो लाईभ देउडा बिपना सिंह र नकेन्द्र रोकायको आवाजमा “Narendra Rokaya” युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको थियो ।

 

केही दिनपश्चात् कार्कीका जीवन संगिनी अप्सरा कार्की र कलाकार नवराज भण्डारीको आवाज तथा नकेन्द्र रोकाय र संगिता बडुवालको आवाज र मेरो शब्द संकलनमा लाइभ देउडा आउने बताउनुभयो । कार्कीले इन्जिनियर पेशामै रहेर कलाकारितालाई अगाडि बढाइरहनु भएको छ ।

भिडियो हेर्न तलको लिंक खोल्नुहोस:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation