आम्दा अस्पतालको भवन व्यक्तिको नाममा नामकरण गर्ने निर्णयको मोर्चाद्वारा विरोध

रुपन्देही । आम्दा नेपालद्वारा सञ्चालित सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको प्रशासनिक भवनको नाम राजनैतिक व्यक्तिको नाममा नामाकरण गर्ने निर्णयको समाजवादी मोर्चा नेपाल, रुपन्देहीले विरोध जनाएको छ । बुटवल उपमहानगरपालिकाका मेयर तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खेलराज पाण्डेले एकलौटी रुपमा उक्त निर्णय गरेपछि एक विज्ञप्तिमार्फत मोर्चाले विरोध जनाएको हो ।

मोर्चाका संयोजक तथा नेकपा (एस) बुटवल नगर अध्यक्ष चिन बहादुर गुरुङ, नेकपा (माओवादी केन्द्र) बुटवल नगर अध्यक्ष महेन्द्र भूषाल र नेकपा बुटवल नगर सेक्रेटरी विज्ञान सी.द्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा निर्णय खारेजीको माग गरिएको छ । निर्णय खारेज नगरिए प्रतिवादमा उत्रिने चेतावनी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ : हाम्रो समाजवादी मोर्चा सामाजिक न्याय तथा सु-सासनको पक्षमा आवाज बुलन्द गर्दै आइरहेको सर्वविधितै छ । यसै सन्र्दभमा मिति २०५५ सालमा स्थापना भएको यस आम्दा नेपाल सिद्धार्थ महिला तथा बाल अस्पताल, बुटवल ७ मा अवस्थित अस्पतालमा हालै मिति २०८१/०४/१६ गते बसेको स्थानीय व्यवस्थापन समितिको बैठकबाट विगत २० औं वर्ष देखि संचालनमा रहि आएको प्रशासनिक भवनलाई हाल बुटवल उपमहानगरपालिकाका नगर प्रमुख तथा स्थानीय व्यवस्थापन समितिका अध्यक्षले एकलौटी रुपमा राजनैतिक दलको व्यक्तिको नाममा नामाकरण गर्ने गरी गरेको निणर्य प्रति हाम्रो गम्भिर ध्यान आकंषर्ण भएको छ ।

सामाजिक महत्व राख्ने संघ-संस्था तथा अस्पतालमा यी र यस्ता खालका निर्णय नगर्न नगराउनु हुन साथै भएका निर्णयहरुलाई अविलम्ब खारेज गर्नुहुन जोडदार माग गर्दछौं । यदि यस्ता निर्णयहरु कार्यान्वयन प्रक्रियामा गएमा सशक्त प्रतिवादमा उत्रने कुरा पनि समाजवादी मोर्चा नेपाल बुटवल उपमहानगरपालिका समिति सहर्ष जानकारी गराउन चाहन्छौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation