काठमाडौं । लगातार ३ दिनको अविरल वर्षापछि आएको ठूलो बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म ९९ पुगेको छ । ७२ जना बेपत्ता र १०० जना घाइते भएका छन् ।
गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ ।
मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीको भनाइ छ ।
उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका २ जना रहेका छन् ।