जिल्ला सदस्य विमला सी.प्रति मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

बुटवल । जिल्ला सदस्य विमला सी.प्रति श्रमिक समुदाय मोर्चा नेपाल, रुपन्देहीले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाले आज एक शोक वक्तव्य मार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

 

जिल्ला अध्यक्ष हर्क सी. द्वारा हस्ताक्षरित वक्तव्यमा शोकाकुल परिवार र आफन्तप्रति समवेदना समेत प्रकट गरिएको छ ।

 

सैनामैना ११ सालझण्डी निवासी उहाँलाई विगत लामो समय देखि सुगर, प्रेसर, मुटु लगायतको स्वास्थ्य समस्या थियो । गौतमबुद्ध मुटु रोग अस्पताल, बुटवलमा उपचारको क्रममा मंगलबार राती ६२ वर्षको उमेरमा उहाँको निधन भएको हो ।

 

उहाँले करिब २ दशकदेखि माओवादी आन्दोलनको विभिन्न जिम्मेवारीमा रहेर रुपन्देही जिल्लामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको थियो । पछिल्लो समय उहाँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नगर सदस्य समेत हुनुहुन्थ्यो ।

 

उहाँको श्रीमानको केहि वर्ष अगाडि नै निधन भएको हो । हाल परिवारमा उहाँका २ छोरा र बुहारीहरु हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation