काभ्रेमा दलित महिलामाथि कुटपिट

 काठमाडौं। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका – ४ चौबासमा दलित महिलामाथि निर्घात कुटपिट भएको छ ।

 

 

चौबासको पाक्पा टोलमा बस्ने ५७ वर्षिया मसली सार्कीलाई चौबासकै उर्लेनीका विजय तामाङले फागुन ४ गते दिउँसो साढे ३ बजेतिर चौबास बजारमा कुटपिट गरेका थिए ।

 

 

स्थानीय विष्णु प्रसाद चौलागाईले सञ्चालन गरेको चिया पसलमा जाँदा मसलीलाई पानी छ्यापेपछि विवाद उत्पन्न भएको र विवादै विादमा मसलीलाई सार्वजनिक स्थलमै विजयले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

 

विजय मसलीलाई निर्घात लात्ती प्रहार गरेर घाइते बनाएको बताइएको छ । विजयको कुटाईपछि बेहोस भएकी मसलीलाई श्रीमान् कान्छो सार्कीले भोलिपल्ट घाइते अवस्थामा भेटेका थिए ।

 

 

मसलीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छोरा अम बहादुर सार्कीले जानकारी दिए ।
विजय मसलीलाई निर्घात लात्ती प्रहार गरेर घाइते बनाएको बताइएको छ । विजयको कुटाईपछि बेहोस भएकी मसलीलाई श्रीमान् कान्छो सार्कीले भोलिपल्ट घाइते अवस्थामा भेटेका थिए । मसलीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छोरा अम बहादुर सार्कीले जानकारी दिए ।

 

 

देब्रे पट्टी खुट्टाको हड्डी फुटेको मसलीको अस्पतालमा अप्रेसन समेत भइसकेको छ । ‘आमाको खुट्टाको हड्डीको अप्रेशन भइसकेकोछ,’ छोरा अमबहादुरले भने, ‘अप्रेसन भइकन अस्पतालले डिस्चार्ज भनेको छ तर पैसा नपुगेर अस्पतालबाट आमालाई निकाल्न सकिनँ ।’

 

 

अस्पतालमा १ लाख ९ हजारको बिल उठेको उनी बताउँछन् । कुटपिट गर्ने विजयलाई छोरा अमले दिएको ठाडो निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय धुलिखेलले पक्राउ गरेको छ । तामाङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी एवं सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए ।

 

 

‘शुक्रबार ढिला पक्राउ गरियो, पीडितको छोराले आज (आइतबार) जाहेरी दिएपछि म्याद थपको काम गर्यौं, नियमअनुसार अनुसन्धान गर्छौं’, सूचना अधिकारी घलेले भने । कुटपिट गर्ने विजयलाई प्रहरी चौकी चौबासले फागुन ५ गते कारबाही नगरी सामान्य कागज गरेर छोडेको पीडित परिवारले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation