परिवर्तनलाई खोस्ने षड्यन्त्र भइरहेको छ : प्रकाण्ड सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले विगतमा जनताले गरेको परिवर्तनलाई खोस्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ । काठमाडौंमा एक कम्पनीको उद्घाटनका क्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

बाफलस्थित पीबी कन्स्ट्रक्सन एन्ड डेकोर प्रालिको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उहाँले देशी-विदेशी जनविरोधी तत्वहरुबाट षड्यन्त्र भइरहेको स्पष्ट पार्नुभएको छ । देशलाई मुक्त गर्न र समृद्धिलाई रोक्न कसैले नसक्ने समेत उहाँले ठोकुवा गर्नुभएको छ ।

नेपाली जनताले अहिलेसम्म अरु शासकहरुको लागि संघर्ष गर्दै आएको र अब आफ्नो निम्ति आफैले गर्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । आफ्नो पार्टीले देशको आर्थिक, राजनीतिक, साँस्कृतिक र राष्ट्रिय स्वाधीनताको विषयमा नयाँ ढंगले सोंचिरहेकोले एकपटक साथ दिनका निम्ति सबैलाई आग्रह समेत उहाँले गर्नुभएको छ ।

कम्पनीलाई शुभकामना दिँदै आफ्नो पार्टीले उक्त व्यवसायमा सक्दो सहयोग गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले रिबन काटेर एवम् ब्यानर खोलेर कम्पनीको कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले नेपालमा थ्री डि सिस्टमको डेकोरेशन प्रविधिको व्यवसाय सुरुवात गरेकोमा कम्पनीको सह्राना गर्दै शुभकामना दिनुभएको छ ।

त्यसैगरी पर्यटन व्यवसायी दामोदर घिमिरेले व्यवसायलाई नेटवर्क सिष्टमबाट समेत अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

सहकारी व्यवसायी नवराज रिजालले नयाँ प्रविधिको डेकोरेसन पद्धतिको व्यापार विकास गर्नका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कैलाश पारखी चेयरम्यान रहेको कम्पनीमा सहवीर बि. के. तिरुवा, ओमप्रकाश यादव, दिपक सुनार, हिमालय चन्द लगायत सञ्चालकहरु रहेका छन् । इन्डियामा थ्री डी डेकोर प्रविधि केही वर्षदेखि प्रचलनमा रहेपनि नेपालमा पहिलोपटक आफ्नो टिमले सञ्चालनमा ल्याउन खोजेको कुरा कम्पनीले जानकारी दिएको छ । अन्य डेकोरिङ्ग सिस्टमकै मूल्यमा सेवा दिनका निम्ति कम्पनीले प्रयास गरिरहेको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation