पाटन क्याम्पसमा अखिल समाजवादीबाट शाहीको उमेद्वारी दर्ता

काठमाडौं । चैत्र ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि पाटन संयुक्त क्याम्पसमा अखिल (समाजवादी) बाट जनक बहादुर शाहीले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । शाहीको नेतृत्वमा रहेको २१ सदस्यीय पूर्ण प्यानलले विधिवत रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

 

 

उम्मेदवारी दर्तापछि शाहीले विद्यार्थीहरूसँग एकताको आह्वान गर्दै भने, “हामीलाई एकपटक सेवा गर्ने अवसर दिनुहुनेछ, भन्ने पूर्ण विश्वास लिएका छौं । विद्यार्थीहरूको हक, अधिकार र विकासका लागि हाम्रो टिम प्रतिबद्ध रहनेछ ।”

 

 

 

अखिल (समाजवादी) पाटन संयुक्त क्याम्पस कमिटीको यो प्यानलले क्याम्पसका विद्यार्थीहरूका समस्या समाधान गर्न, शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थी हितका विभिन्न कार्यक्रम सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गरेको छ । शाहीले सबै विद्यार्थीहरूसँग न्यानो साथ र सहयोगको अपेक्षा गर्दै स्ववियू निर्वाचनमा आफूहरूलाई समर्थन गर्न आग्रह गरेका छन् ।

 

 

 

त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने भएको छ । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो ।

 

 

देशभरका अधिकांश क्याम्पसमा मंगलबार उत्साह र शान्तिपूर्ण तरिकाले स्ववियुको निर्वाचनको उम्मेदवारी दर्ता भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिले जनाएको छ । समितिका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले ६२ आंगिकमध्ये ५० भन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता शान्तिपूर्ण तरिकाले भएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation