समाजवादी मोर्चाद्वारा प्रतिगमनविरुद्ध संघर्षको घोषणा, चैत १५ मा विरोध प्रदर्शन

 

काठमाण्डौ – समाजवादी मोर्चा, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सशक्त आन्दोलनको घोषणा गरेको छ। शनिबार जारी विज्ञप्तिमा मोर्चाले पछिल्लो समय देखिएको जनअसन्तुष्टिको लाभ उठाएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भइरहेको आरोप लगाउँदै यसको सशक्त प्रतिवाद गर्ने बताएको हो ।

 

मोर्चाले भ्रष्टाचार, कुशासन, कालोबजारी र संसदलाई निष्क्रिय पार्ने प्रवृत्तिको विरोध गर्दै, प्रतिगमन र पुनरुत्थानवादी शक्तिहरूलाई परास्त गर्न सबै लोकतान्त्रिक तथा गणतन्त्रवादी पक्षलाई एकजुट हुन आह्वान गरेको छ।

 

यसै सन्दर्भमा, चैत १५ गते काठमाण्डौमा विशाल विरोध प्रदर्शन तथा जनसभा आयोजना गरिने प्रेस विज्ञप्तिमा जनाएको छ । मोर्चाले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई उक्त कार्यक्रममा सहभागी भई प्रतिगमनविरुद्ध एकताबद्ध हुन अपील गरेको छ।

विज्ञप्ति :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation