“जातीय विभेद सामाजिक कलंक, यसको अन्त्य हुनैपर्छ – पूर्वप्रधानमन्त्री झलनाथ खनाल”

काठमाडौं – ६०औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा नेपालको दलित आन्दोलनको समिक्षा र भावी एजेन्डा विषयक राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति, राष्ट्रिय दलित आयोग र विभिन्न दलित संघ/संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि एवं पुर्व प्रधानमन्त्री झलनाथ खनालले संसार भर धेरै खालका विभेद छन, त्यो मध्ये जातीय विभेद सामाजिक कलंककारूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो “मान्छे जन्मिदै अछुत भन्ने हुदैन यो त शासकहरुले बनाईदिएको प्रथा हो यसको अन्त्य हुनुपर्छ ।”

दलितहरू लाई सीपको आधारमा अछुत बनाउनेहरुले अहिले तिनीहरु नै उक्त पेसाको मालिक बनिरहेको आरोप लगाउनु भएको छ । जातीय विभेद दलितको मात्रै समस्या नभएकोले यसको अन्त्यको लागी सरकारमा रहेका राजनीतिक पार्टी र सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । सरकारले दलितको लागी बिशेष नितिनिर्माण गरि राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिकरूपमा सम्पन्न बनाउनेतर्फ लाग्नुपर्ने जिकिर गर्नुभयो ।

उत्पीडित वर्ग,समुदायको मुक्तिको लागि आम प्रगतिशील, देशभक्त,गणतन्त्रबादी र समाजवादी शक्तिहरू एकजुट भइ अधि बढ्न सबैलाई अपिलसमेत गर्नुभएको छ ।

 

साथै राष्ट्रिय दलित आयोग पुर्व अध्यक्ष एवं श्रमिक मोर्चाका अध्यक्ष रामलाल सीले संविधान बनेको दस,एघार वर्ष बितिसक्दा पनि दलितको लागि उचित ऐन कानुन नबनाएको आरोप लगाउनुभएको छ । कागजमा लेखिएकोले मात्रै दलितको मुक्ति नहुने भएकोले आवश्यक कानुन निर्माण गर्न जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “नेपालको न्यायलय राणाकलिन छ केही मुठ्ठी भर मान्छेका लागी मात्रै काम लाग्ने” यसलाई आम नागरिकको न्यायलय बनाउनेतर्फ सबैले संघर्ष गर्नुपर्ने जिकिर गर्नु भयो ।

राष्ट्रिय दलित आयोगका सदस्य मेहल पार्कीले समाजमा जनप्रतिनिधि ,राजनीतिक नेताहरूबाटनै छुवाछूतका घटना घटिरहेका छन् । आरक्षणको क्षेत्रमा बुद्धिजीवीबाटै विरोध भैरहेका छन यसलाई न्यूनीकरण गर्न जातीय विभेदका विरोध जागरण अभियान चलाउनुपर्ने बताउनु भयो ।


रिपोर्टस क्लबका अध्यक्ष पत्रकार ऋषि धमलाले नेपालका राजनीतिक दलले दलितलाई भोट बैंकको रूपमा प्रयोग गरिएको आरोप लगाउनु भएको छ । जबसम्म यो देशको नेतृत्व दलितहरूले पाउदैनन तबसम्म दलिको मुक्ति नहुने दावी गरेका गर्नु भएको छ । आज यो दिवस मनाईरहदा सिराहामा दलित समुदायको उठिबास लगाएको घटना घटेको छ । हाम्रो आन्दोलन त्यहाँ हुनुपर्थ्यो । यसमा दलित आन्दोलन कर्मिले ध्यान दिनुपर्ने जोड दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation