
काठमाडौं – पिपल्स क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै आवाज उठाएका अखिल (समाजवादी) का केन्द्रीय सदस्यहरू सुवास सी., आदेश सी.र इकाई अध्यक्ष सन्तोष सी माथि आक्रमण भएको छ । क्याम्पस बाहिरबाट ल्याएका अनेरास्ववियु समर्थित गुण्डाहरु बाट विद्यार्थी माथि आक्रमण भएको हो ।
संगठनले क्याम्पस प्रशासनको संलग्नता रहेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
अखिल (समाजवादी) ले घटनाको कडा विरोध गर्दै निष्पक्ष निर्वाचनको सुनिश्चितताका लागि संघर्ष गर्ने चेतावनी दिएको छ । यदि विद्यार्थीहरूको माग पूरा नभए प्रशासनविरुद्ध सशक्त आन्दोलन गरिने अध्यक्ष सन्तोष सी. ले बताएका छन्।
विज्ञप्ति :