इजरायलद्वारा युद्धविराम उल्लङ्घन गर्दै प्यालेस्टिनमा नरसंहार

काठमाडौं, नेपाल – अमेरिकी साम्राज्यवादको समर्थन प्राप्त जियोनिस्ट इजरायलले युद्धविराम उल्लङ्घन गर्दै गाजा, प्यालेस्टिनमा बर्बर हमला गरेको छ । पछिल्लो आक्रमणमा ४०० भन्दा बढी निर्दोष प्यालेस्टिनीहरू मारिएका छन् । जसमा महिला र बालबालिकाहरू  रहेका छन्, ।

गत जनवरी १९, २०२५ मा भएको युद्धविरामको सहमति तोड्दै इजरायलले पुनः हवाइ हमला तथा ड्रोन आक्रमण गर्दै निहत्था नागरिकहरूलाई लक्षित गरेको छ । सञ्चार माध्यमहरूमा आएका रिपोर्टहरू अनुसार, हजारौँ मानिस घाइते भएका छन् । मृतकहरूमा धेरैजसो महिला र बालबालिका रहेको बताइएको छ ।

साम्राज्यवाद र पूँजीवादको क्रूरता उजागर हुँदै:
विश्वव्यापी रूपमा युद्धविरोधी आवाजहरू उठिरहे पनि इजरायलले अमेरिकी साम्राज्यवादको प्रत्यक्ष समर्थनमा आक्रमण जारी राखेको छ । सन् २०२३ को अक्टोबरदेखि हालसम्म करिब ५०,००० प्यालेस्टिनीहरू मारिएका छन् भने १,१५,००० भन्दा बढी घाइते भएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनमा अझ कडा आक्रमण गर्ने चेतावनी दिइसकेका छन् । यश अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत प्यालेस्टिनीहरूलाई गाजाबाट बलपूर्वक हटाएर पूर्ण रूपमा “अधिकृत” गर्ने घोषणा गरेका थिए।

संयुक्त राष्ट्रसंघको मौनता र विद्यार्थी संगठनहरूको विरोध:
विश्वव्यापी आलोचना हुँदाहुँदै पनि संयुक्त राष्ट्रसंघले इजरायली आक्रमणबारे कुनै ठोस कदम नचालेको भन्दै आलोचना भइरहेको छ । दक्षिण एसियाका २५ वटा विद्यार्थी संगठनहरूले संयुक्त रूपमा इजरायली आक्रमणको निन्दा गर्दै वैश्विक समुदायलाई यो नरसंहार रोक्न दवाव दिन आग्रह गरेका छन् ।

यस संयुक्त विज्ञप्तिमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, र श्रीलंकाका विद्यार्थी संगठनहरूको समर्थन रहेको छ । उनीहरूले प्यालेस्टिनी जनतासँग ऐक्यबद्धता जनाउँदै युद्ध रोक्न विश्व समुदायलाई कूटनीतिक दबाब दिन अपिल गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation