मजदुर संघले जारी गर्‍यो ६ बुँदे माग

काठमाडौ । समाजवादी यातायात मजदुर संघले ६ बुँदे माग सहित प्रेसविज्ञप्ती जारी गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट समाजवादी ट्रेड युनियन महासंघको पेशागत घटक संगठनले उक्त माग सहित आइतबार विज्ञप्ती जारी गरेको हो ।

 

समाजवादी यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष लालबहादुर सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले तोकेको २० वर्षे सार्वजनिक सवारी साधनको नीति खारेज गरी नेपाली व्यवसायी, श्रमिकको सुरक्षा र लगानीको ग्यारेन्टी गर्नुपर्ने, गैरकानुनी एप्स राखेर सार्वजनिक भाडा तोक्ने, इनड्राइभ, पठाओ कम्पनीलाई कारवाही तथा यातायात व्यवसाय मजदुरमाथि ट्राफिक प्रहरीद्धारा तोक्ने गरिएको महङ्गो जरिवानालाई नियमन गर्नुपर्ने र  इभी ट्याक्सी खरिदमा भएको भ्रष्टाचारको छानविन सहित इभी ट्याक्सी, माइक्रो कारमा भएको प्राविधिक समस्याहरुमा सरकारले क्षतिपूर्तिको ज्ञारेन्टी गर्नुपर्ने लगायतका माग सरकार तथा सरोकारवाला निकायलाई पूरा गर्न दबाव दिएको छ ।

 

यातायातमा भएको बेथिति र विसंगतिका विरुद्ध सम्बन्धित निकायसंग निरन्तर संघर्ष गर्दै आएको कुरा संगठनका महासचिव असिमकिरण सीले बताएका छन् ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation