श्रमिक मोर्चा बागमतीको बैठक सम्पन्न

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेश समन्वय समितिको दोश्रो पूर्ण बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । बुद्धनगरस्थित कार्यालयमा बैठक सम्पन्न भएको हो ।

पार्टीको वैचारिक संश्लेषणलाई मोर्चाले अवलम्बन गर्ने, गणतन्त्रवादी – गणतन्त्रवादी मित्र शक्तिहरुसंग सहकार्य गर्ने, नेपाली विशेषताको समाजवाद र श्रमिक समुदायको सवाल विषयमा अन्तरक्रिया गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी संगठनको कामलाई तीव्रता दिने, विभेदका घटनाहरुमा सशक्त संघर्ष गर्ने, र स्थानीय देखि संघीय सरकारमा श्रमिक समुदायको अधिकार खोज गरी जनतालाई सुसूचित गर्ने लगायत निर्णय पनि बैठकले गरेको छ ।

बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सीले उत्पीडित जाती, समुदायको मुक्तिका लागि संघर्षको विकल्प नरहेको बताउनुभयो । आम जनता र देशको मुक्तिका लागि नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेकपा र संयुक्त मोर्चाले नयाँ निकास दिने विषयमा गम्भीर रुपले सोंचिरहेको कुरा उहाँले स्पष्ट पार्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य तथा मोर्चाका केन्द्रीय सचिव उमेश सीले श्रमिक समुदायले नेतृत्व विकास गर्नका लागि सक्रियताका साथ संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो । मोर्चाका बागमती प्रदेश इन्चार्ज पदम सीको अध्यक्षतामा बैठक सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation