शिक्षक आन्दोलनमा दलित मोर्चाको ऐक्यबद्धता

काठमाण्डौं – देशव्यापी रूपमा जारी शिक्षक आन्दोलनप्रति समाजवादी दलित मोर्चा नेपालले ऐक्यबद्धता जनाउँदै सरकारलाई शिक्षकका मागहरु सम्बोधन गर्न गम्भीर आग्रह गरेको छ । मोर्चाले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरूको न्यायपूर्ण मागप्रति समर्थन जनाएको हो ।

 

 

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, वि.सं. २०७५, २०७८ र २०८१ असोजमा नेपाल सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नभएकोप्रति गम्भीर आपत्ति जनाइएको छ । मोर्चाले शिक्षा क्षेत्र अस्तव्यस्त हुनु गम्भीर र लज्जास्पद विषय भएको भन्दै नयाँ शिक्षा ऐन तुरुन्त संसदबाट पारित गर्न माग गरेको छ ।

 

शिक्षकहरूले वैज्ञानिक, व्यवहारिक र जीवन उपयोगी शिक्षाका लागि लामो संघर्ष गरिरहेको उल्लेख गर्दै मोर्चाले भन्यो, “अब आन्दोलन रोकिँदैन, माग पूरा गरेर मात्र अन्त्य हुन्छ भन्ने शिक्षकहरूको अठोट गम्भीर रुपमा लिनु आवश्यक छ ।”

 

चार दलित संगठनहरूको संयुक्त जारी विज्ञप्तिमा निम्न नेताहरूको समर्थन उल्लेख गरिएको छ:

दलजीत श्रीपाली – केन्द्रीय अध्यक्ष, नेपाल दलित मुक्ति मोर्चा

रामअवतार पासवान – केन्द्रीय अध्यक्ष, नेपाल दलित मुक्ति संगठन

रामलाल सी – केन्द्रीय अध्यक्ष, श्रमिक समुदाय मोर्चा नेपाल

शिव वर्मा – केन्द्रीय अध्यक्ष, समाजवादी दलित मुक्ति मोर्चा

उनीहरूले सरकारलाई वार्ताको नाममा मात्र समय खर्चेर माग कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न र शिक्षकलाई विद्यालय फर्काउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation