
काठमाडौं– देशका विभिन्न भागका मुख्य राजमार्गहरूमा सवारीसाधनको आवागमन आंशिक वा पूर्ण रूपमा प्रभावित हुने भएको छ । प्रहरी कार्यालयहरूबाट प्राप्त जानकारी अनुसार, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा सडक मर्मत तथा अन्य कारणले आवागमनमा असहजता सिर्जना भएको हो।
बागमती प्रदेश अन्तर्गत वि.वि. राजमार्ग र त्रिभुवन राजमार्गका चार स्थानमा एकतर्फी (One-way) सवारी सञ्चालनको व्यवस्था गरिएको छ । ती स्थानहरू निम्नानुसार छन्:
काभ्रेपलाञ्चोकको रोशी गा.पा.–८ वायसेपाखा
रोशी गा.पा.–८ घुम्टेस्थान, रोशी गा.पा.–११ रिङ्नेपाखा, धादिङको मेगाङ गा.पा.–५ कर्नालीखोला रहेका छन ।
कर्णाली प्रदेशमा भने पूर्ण रूपमा सडक बन्द हुने स्थानहरू उल्लेखनीय छन्: सुर्खेत पश्चिमको पञ्चपुरी न.पा.–११ पिताम्बर खोला (राती राजमार्ग), कालिकोटको प्रभाकोट गा.पा.–५, जाजरकोट सडक खण्ड, सल्यानको बागचौर न.पा.–१२, छाप्रेगाड खोला र सल्यानकै कुमाख गा.पा.–३ मा भने बिहान एकतर्फी सञ्चालन हुने जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको महाकाली न.पा.–५ स्थित गोठलधुरा खण्डमा पनि एकतर्फी सवारी सञ्चालनको अनुमति दिइएको छ।
प्रहरी प्रशासनले यात्रामा निस्किनुअघि सम्बन्धित क्षेत्रको अवस्थाबारे जानकारी लिन र आवश्यक परेमा वैकल्पिक मार्गको प्रयोग गर्न सुझाव दिएको छ। यात्रु तथा सवारी चालकहरूलाई ट्राफिक नियमको पालन गर्दै सचेत रहन पनि आग्रह गरिएको छ।