श्रमिक विभागको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । प्रवासी नेपाली जनसमाज, भारत श्रमिक विभागको जुम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विभागको आयोजनामा आज उक्त कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रमका प्रमुख प्रशिक्षक श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सीले श्रमिक समुदाय मोर्चा नेपालको रणनीति र कार्यनीति एवम् नीति-तथा कार्यक्रम, सी जाति साथै श्रमिक समुदाय बारे नेपाल कम्युनिस्ट पार्टीको दृष्टिकोण इत्यादि विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

 

 

प्रशिक्षणमा प्रवासी नेपाली जनसमाज, श्रमिक समुदाय विभाग भारतका इन्चार्ज आजाद सेन विशेष अतिथिका रुपमा  सहभागी हुनुभएको थियो । त्यसैगरी अध्यक्ष दामोदर पंगेनी, उपाध्यक्ष  बिष्णु मल्ल, उपाध्यक्ष कृष्ण बोगटी, महासचिव  लाल बहादुर कुवर, सचिव गोबिन्द थापा, सचिव देविप्रसाद काफ्ले, कोषअध्यक्ष  बिष्णु जिसी लगायत ५० जनाको सहभागिता रहेको थियो ।

 

 

विभाग प्रमुख धनेन्द्र सुनारको अध्यक्षता र संचालनमा जुममा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation