मोर्चाका पूर्व सदस्यको आमाप्रति मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

बुटवल । श्रमिक समुदाय मोर्चा नेपालका पूर्व केन्द्रीय सदस्य मुना सी.की आमा सानु परियारप्रति श्रमिक समुदाय मोर्चा नेपाल, ललितपुरले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाले आज एक शोक वक्तव्य मार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

जिल्ला अध्यक्ष सुर्य सी. द्वारा हस्ताक्षरित वक्तव्यमा शोकाकुल परिवार र आफन्तप्रति समवेदना समेत प्रकट गरिएको छ ।

महालक्ष्मी ९ ललितपुर निवासी मुनाका आमा विगत लामो समय देखि दम स्वास्थ्य समस्याका कारण उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा ६३ वर्षको उमेरमा शनिबार दिउँसो १:४१ बजे विरेन्द्र सैनिक अस्पतालमा आमाको निधन भएको हो ।

वक्तव्यको पूर्ण पाठ :
शोक वक्तव्य
महालक्ष्मी ९ ललितपुर निवासी, श्रमिक समुदाय मोर्चा नेपालका पूर्व केन्द्रीय सदस्य एवम् नेपाल कम्युनिस्ट पार्टी, ललितपुर जिल्ला सदस्य मुना सी.की ममतामयी आमा सानू परियारको दम रोगका कारण उपचारका क्रममा विरेन्द्र सैनिक अस्पतालमा यही बैशाख ६ गते दिउँसो १:४१ बजे ६३ वर्षको उमेरमा असमायिक निधन भएकोमा हामी अत्यन्तै दु:खी एवम् मर्माहत भएका छौं । आदरणीय आमाप्रति  हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

आमाको निधनले परिवारलाई मात्र होइन सिङ्गो समुदाय र हाम्रो मोर्चाले एउटा असल अभिभावक गुमाएको अनुभूति गरेका छौं । यस दु:खकाे घडीमा सम्पूर्ण परिवारजनमा शोकलाई शक्तिमा बदल्ने साहस मिलोस भन्ने कामना व्यक्त गर्दछौं ।

११ वैशाख २०८२
सुर्य सी
संयोजक,
श्रमिक समुदाय मोर्चा नेपाल, ललितपुर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation