शिक्षा विधेयकमा बालविकास सहजकर्तालाई प्रावि शिक्षक सरहमा मान्ने सहमति

काठमाडौँ । प्रारम्भिक बालविकास सहजकर्ताले शिक्षकको दर्जा पाउने र तलब सुविधा पनि प्राथमिक तह सरह हुनेमा सहमति जुटेको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिमा जारी विद्यालय शिक्षा विधेयक–२०८० माथि छलफलमा बालविकास सहजकर्ताबारे उक्त सहमति जुटेको हो ।

स्रोतका अनुसार बालविकास सहजकर्तालाई अब शिक्षक नै भन्ने र प्राथमिक तह सरह तलब दिने गरी विधेयकमा उपसमितिले सहमति जनाएको छ ।

स्रोतले भन्यो, ‘उपसमितिले बालविकास सहजकर्तालाई अब ‘सका’ होइन शिक्षकको नै दर्जा दिने गरी विधेयकमा सहमति गर्‍यो। प्राथमिक तहको शिक्षकले पाउने तलब सुविधा बालविकास सहजकर्ताले पाउने सहमति भएको छ ।’

प्रावि शिक्षकको पनि श्रेणी छ। श्रेणी अनुसार सका (शिक्षक) को तलबसुविधा निर्धारण हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation