हामी ‘इच्छुक’को सपनालाई पछ्याइरहेका छौं : माइला सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य माइला सीले कृष्ण सेन ‘इच्छुक’को सपनालाई पछ्याइरहेको बताउनु भएको छ । जनपत्रकार संगठन नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘इच्छुक’को २४ औं स्मृति दिवसमा उहाँले सो कुरा बताउनु भएको हो ।

“प्रगतिवादी साहित्य र समकालीन पत्रकारिता” विषयक सम्वाद समेतको उक्त कार्यक्रममा पुस्तक विमाेचन पनि गरिएकाे छ । नेकपा पाेलिटव्युराे सदस्य माइला सी, साहित्यकार डा. अमर गिरी, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष उमिद बाग्चन्द लगायतले संयुक्त रूपमा पुस्तक विमाेचन गरेका हुन् ।

पुस्तकमा नेकपा महासचिव विप्लव सीकाे “कमरेड कृष्ण सेन : स्मृति र आदर्श” शीर्षककाे लेख अग्रस्थानमा छापिएको छ । नेकपा स्थायी समिति सदस्य सन्ताेष सी, अनिल सी, भरत सीका लेखहरू पनि समेटिएकाे छ । ९२ पृष्ठकाे उक्त पुस्तकमा इच्छुकले नेपालकाे पत्रकारिता आन्दोलन, प्रगतिशील साहित्य र कम्युनिस्ट आन्दाेलनमा पुर्याएको याेगदानकाे चर्चा गरिएको छ ।
जनपत्रकार संगठन नेपालले इच्छुक २४औं सम्झनामा पुस्तक प्रकाशन गरेको थियाे ।

जनपत्रकार तथा साहित्यकार कुशल सीको सञ्चालन र संगठनका अध्यक्ष शेर बहादुर सीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा ‘इच्छुक’ले संकलन गरेको गीत प्रगतिशील गायक आरोह सीले प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation