काेराेनाकाे त्रास विश्ववभर : एकैदिना २५० जनाको मृत्यु
 ५ कार्तिक २०७७, बुधबार

काेराेनाकाे त्रास विश्ववभर : एकैदिना २५० जनाको मृत्यु

   १ चैत्र २०७६, शनिबार ०२:५६ प्रकाशित

१ चैत, प्युठान । युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ ।हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ ।

डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । अनलाईन खवर बाट

+ posts