कोरोनाको त्रास ः हल्लाको पछी नलाग्न स्वास्थ्यकार्यलय प्यूठानको आग्रह
 ५ कार्तिक २०७७, बुधबार

कोरोनाको त्रास ः हल्लाको पछी नलाग्न स्वास्थ्यकार्यलय प्यूठानको आग्रह

   ५ चैत्र २०७६, बुधबार १३:१९ प्रकाशित

मधु्सुदन पोख्रेल
चैत्र ५ ,प्युठान ,कोरोना भाइरसको हल्ला धेरै फैलिए पछी स्वस्थ्य कार्यालय प्यूठानले हल्लाको पछी नलागन आग्रह गरेको छ । स्वाथ्यकार्यलय प्यूठानको आयोजनामा जिल्लाका संचारकर्मीहरु संगको अन्तरकृया कार्यक्रममा वोल्दै जिल्ला स्वस्थ्य कार्यालय प्रमुख विसाल सुवेदीले उक्त कुरा बताउनु भएको हो ।
ऐरावती गाउँपालिका मा एक जना व्यक्ति भारतबाट आएका र उनले संकास्पत कृयाकलाप गरे पछी कोरोनानै होकी भन्ने संकामा बुटवल पठाईएको र उनको ल्याप रिपोर्ट आएपछी जानकारी हुने सुवेदीको भनाई छ । सामाजिक संजालमा अफवाह फैलाएको भन्दै हल्लाको पछी नलाग्न आम नागरीकमा सुवेदीको अनुरोध छ । विरामीलाई संका गरीएकोले आत्तीनु नपर्ने र सवै सचेतहुन पनी उहाको अग्रह छ ।
हल सम्म १५० देशमा कोरोना भाइरसले संक्रमण गरीरहदा नेपालमा यसको प्रकोप नदेखिएता पनी सर्तक हुन र सहि सुचना संप्रेशण गर्न कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई छ । कोरोना संक्रमण रोक थामका लागि प्रदेश नं ५ मा २१ आइसुलेसनान १०९ बेड स्थनपना गरीएको बताइएको छ । कोरोनाको संक्रमण बाट हाल सम्म विभिन्न देसका ८ हजार ९ जनाले ज्यान गुमाई सकेको विश्व स्वास्थ्य संगठनको डाटामा उल्लेख छ ।

+ posts