फोन गर्नुहोस त मोवाइलमा के वच्छ
 ९ कार्तिक २०७७, आईतवार

फोन गर्नुहोस त मोवाइलमा के वच्छ

   ६ चैत्र २०७६, बिहीबार १०:२८ प्रकाशित

काठमाडौं – नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणबारे जनचेतना फैलाउनको लागि कल ब्याक रिङ टोनमा सचेतना सन्देश दिन थालेको छ ।

टेलिकमले कसैलाई पनि नेपाल टेलिकमको नम्बरमा फोन डायल गर्दा फोन नउठेसम्म कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश पाउन सकिने गरि सिआरविटी परिवर्तन गरेको हो ।

नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरसको बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ । उक्त नम्बरमा कल गरे पश्चात् कोरोनाभाइरस के हो, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहीबाट थाहा पाउन सकिन्छ ।

सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि भन्दै बुधवार अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन, २५ जनाभन्दाबढी मानिस भेटघाट गर्न, सिनेमा हल, रंगशाला, जिमखाना लगायत भिडभाड हुने स्थान बन्द गर्न निर्देशन दिइसकेको छ   .साभार समाचार

+ posts