फुटबल खेलका माध्यमबाट पोखरालाई चिनाउँदै सहारा
 ५ कार्तिक २०७७, बुधबार

फुटबल खेलका माध्यमबाट पोखरालाई चिनाउँदै सहारा

   २९ फाल्गुन २०७६, बिहीबार ०९:१९ प्रकाशित

पोखरा – विसं २०५७ अघि पोखरामा खेलकूदका गतिविधि प्रायः शून्य थिए । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आयोजना गर्नेबाहेकका अन्य प्रतियोगिता नभएको अवस्थामा सहारा क्लबले पहिलोपटक जिल्लास्तरीय सहारा कप फुटबल आयोजना गर्‍यो ।सहारा कपको अर्को वर्ष राष्ट्रियस्तरको क्याराभान गोल्डकप फुटबल आयोजना गरियो । यो प्रतियोगिता निजीस्तरबाट आयोजना गरिएको पहिलो प्रतियोगिता थियो । क्याराभान गोल्डकपको नामबाट शुरु भएको प्रतियोगिता विसं २०५९ देखि आहा राराको नाममा अहिले १८औँ संस्करणसम्म आइपुग्दा खेलाडी, प्रशिक्षक तथा खेलकर्मीले गर्व गर्ने मोफसलको प्रतिष्ठित गोल्डकप बनेको छ ।

सहाराले प्रतियोगिता शुरुआत गर्दा देशमा चरम राजनीतिक द्वन्द्वको प्रतिकूल समयमा समेत प्रतियोगिता कुनै वर्ष पनि नरोकीकन निरन्तर सञ्चालन भएबाट गर्विलो इतिहास कायम गर्न सकेको छ । निरन्तर आयोजना भएको प्रतियोगिताले फूटबल खेलका माध्यमबाट पोखरालाई राष्ट्रिय अन्तर्रा्ष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत पुगेको छ भने पोखरा र सहारा खेलकूदमा अहिले पर्यायवाची बनेको छ ।

‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्य बोकको क्लबले बर्सेनि प्रतियोगितामार्फत नवप्रतिभावान् खेलाडीलाई खेल्ने वातावरण सिर्जना गर्दै खेलकूदका माध्यमबाट पोखरालाई चिनाउँदै आएको छ ।

+ posts