प्युठान नगरपालिकाकाे ढुंवानिमा गुर्णस्तरहिन चामल गाँउमा
 ५ कार्तिक २०७७, बुधबार

प्युठान नगरपालिकाकाे ढुंवानिमा गुर्णस्तरहिन चामल गाँउमा

   ११ बैशाख २०७७, बिहीबार ०५:०५ प्रकाशित

मधुसुदन पाेख्रेल
वैशाख ११
प्युठान ,लकडाउनकाे समयमा खरिदगरेकाे चामल गुनस्तरहिन भएकाे उपभाेक्ताले गुनासाे गरेका छन । गत चैत्र २४ गते प्युठान नगरपालिकाकाे ढुवानिमा न्यु कक्षपति टेड्रर्स बाग्दुलाबाट सामुहिक रुपमा लिएकाे सर्जु चामल खान नमिल्ने र खाए पछि पेट नेमुठ्ने बान्ता अाउन खाेज्ने प्युठान नगरपालपका ६ माझ्काेट जुम्लिधारा निवासि उपभाेक्ता अमृता पाेख्रेलले गुनासाे गरिन । तेस्तै चामल पकाउदा अाबाश्यक भन्दा धेरै फुल्लिने,नराम्राे गन्धअाउने भातकाे सितै नपर्ने , भात खाए पछि जागर नलाग्ने बान्ताहाेला जस्ताे हुने साेहि गाउँ निवासि जिवा पाेख्रेलले बताईन । लक डाउनकाे बेला प्युठान नगरबासिलाई खाद्यान्नकाे कमिबाट भाेकमरि नहाेस भनी राहतवितरण संगै नगरवासिलाई अावाश्यक दैनिक उपभाेग्य बस्तु नगरपालिकाकाे ढुवानि खर्चमा घरमै पुर्याईदिने नगरपालिकाले प्रतिबद्दता जनाएकाे थियाे । साेहि अनुसार सामुहिक रुपमा खरिद गरेकाे चामल निकै पुरानाे र सडेकाे परेकाे उपभाेक्ताकाे गुनासाे छ ।वडा सदस्य ईस्वर वहादुर पुनकाे सकृयतामा खरिद गरेकाे ५० केजिकाे सर्जुचामल प्रतिबाेरा रु १९७० का दरले खरिद गरिएकाे थियाे । साेहिदिन खरिद गरेकाे १३ बाेरा चामल खान नमिल्ने उपभाेक्ताकाे गुनासाे छ । समस्याकाे बारेमा खरिद गर्ने ईस्वर पुनलाई खवर गर्दा कुनै चासाे नदेखाएकाे उपभाेक्ताकाे गुनासाे छ । गुर्णस्तरहिन खाद्यान्न विक्रि गर्ने र खरिद गर्नेलाई यथासक्य छानविन गर्न उपभाेक्ताहरुले माग गरेकाछन ।

+ posts