डब्लुडब्लुईबाट सन्यास लिने घोषणा गरे चर्चित रेसलर अन्डरटेकरले
 ५ कार्तिक २०७७, बुधबार

डब्लुडब्लुईबाट सन्यास लिने घोषणा गरे चर्चित रेसलर अन्डरटेकरले

   ८ असार २०७७, सोमबार ०९:१५ प्रकाशित

एजेन्सी – विश्वकै चर्चित रेसलिङ खेलाडी अन्डर टेकरले डब्लुडब्लुईबाट सन्यास लिने घोषणा गरेका छन । उनले आइतबार आफ्ना सबै फ्यानलाई धन्यवाद दिदै डब्लुडब्लुईबाट सन्यास लिने घोषणा गरेका हुन् ।

सन १९९० देखी सबै दर्शकलाई मनोरञ्जन दिदै आएका उनले एक्कासी सन्यास लिने घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनले आफ्नो जिवनमा आधारित हालै रिलिज भएको डकुमेन्ट्रि सिरीज द लास्ट राईडमा सन्यासको घोषणा गरेका हुन् ।

उनले हालसम्म हरेक च्याम्पियनसिपहरु जितेका छन । उनले भनेका छन् खेल परिवर्तन भएको छ। नयाँ व्यक्तिलाई मौका दिने समय आएको छ। मैले सोचे यो सही समय हो। यो डकुमेन्ट्रिले मेरो आँखा खोल्यो र मलाई ठूलो तस्वीर हेर्न मद्दत गर्यो। यस कारणले गर्दा, म प्रति मेरो दृष्टिकोण पछिल्ला केही बर्षहरूमा परिवर्तन भएको छ। मलाई लाग्छ कि रिङ भित्र भन्दा बाहिरबाट अब म अझ राम्रो गर्न सक्छु।

+ posts