प्युठानमा दैनिक थपिदै कोरोनाका विरामी
 ५ कार्तिक २०७७, बुधबार

प्युठानमा दैनिक थपिदै कोरोनाका विरामी

   १३ असार २०७७, शनिबार ०८:०४ प्रकाशित

असार,१३ प्यूठान ,कोभिड १९ बढ्दोक्रमा फैलदै छ । पछिल्लो समयमा दैनिक रुपमा कोरोना का विरामी बढ्दो क्रममा छन । जिल्लाका सबै स्थानीय तहमा कोरोना फैलिएको छ
शुक्रवार साझ प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा झिम्रुक गाउँपालिकाका ७ जना,माण्डबी गाउँपालिकाका ३७ जना, र नौवहिनि गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको छ। माण्डबि गाउपालिकामा देखिएका ३७ जना संक्रमित मध्ये दुई जना भने सुरक्षाकर्मी छन। उनिहरु क्वारेन्टाईन बाहिर थिए। शुक्रबार साँझ मात्रै प्यूठानमा थप ४७ जनामा कोरोना भेटिएको हो। जसमा १७ वर्षदेखि ६० वर्ष उमेरसम्मका ४४ पूरुष र ३ जना महिलामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। अब जिल्लामा सबैभन्दा धेरै पयुठान नगरपालिकामा ७६ जना संक्रमित पुगेका छन भने सबैभन्दा थोरै गौमुखि गाउँपालिकाका ३ जना छन ।
जिल्लामा धेरैजसो भारतबाट आएकामा कोरोना देखिएको हो जिल्लामा हाल सम्म २५८ जनाका विरामी छन भने २ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। वाकी सवैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्यकार्यालयले जनाएको छ ।

+ posts