नेपाली काङ्ग्रेस स्वर्गद्वारी नगरपालि-६ बेलबासले वडा कार्यालय एक लाैटि एवं जनभावना विपरीत चलेकाे भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। वडा कार्यालयले अार्थिक बर्ष २०७६/७७ मा वडा भित्र भएको बिकास निर्माणमा अार्थिक अपारदर्शीता गरेकाे, वडा भित्र बिकास निर्माण कम्पनी हरु छनाेट गर्दा विना प्रतिर्शप्रधा छनाेट गरि अार्थिक अपारदर्शीता गरेकाे काङ्ग्रेसले जनाएको छ। त्यस्तै काङ्ग्रेस वडा कमिटीले यश अार्थिक बर्षकाे सम्पुर्ण खर्च बिवरण उपलब्ध गराउन समेत वडा कार्यालयमा माग गरेकाे छ । त्यस्तै अार्थिक बर्ष २०७७/७८ काे नयाँ वजेट विनियोजन तथा याेजना छनाेट एकलाैटि एवं जनभावना विपरित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अाज वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउदै काङ्ग्रेस वडा कमिटी सभापनि दुर्गाप्रसाद गैरे तथा काङ्ग्रेस बाट वडा अध्यक्ष प्रत्यासि डिलाप्रसाद काेईरालाले खर्च पारदर्शी गराउदै सबै खर्च विवरण माग गर्न भएको छ ।