अदुवा खेति सम्वन्धि तालिम पाउँदा कृषक हर्सित
 ५ कार्तिक २०७७, बुधबार

अदुवा खेति सम्वन्धि तालिम पाउँदा कृषक हर्सित

   २५ जेष्ठ २०७७, आईतवार १४:०२ प्रकाशित

बिमल प्रसाद पाेख्रेल
जेठ,२४ प्युठान
प्युठानकाे झिमरुक गाउपालिका एक बडाचाैरकाे सगरमाथा कृर्षि समुहमा अदुवा खेति संबधि दुईदिने तालिम सम्पन्न भएकाे छ। झिमरुक गाउपालिकाकै बिगट मानिने बडाचाैर अदुवा पकेटक्षेत्र हुने कृर्षि बिज्ञहरुकाे भनाईले त्यहाका कृर्षकहरु हर्षित छन।सधै माैसमि बालि र निर्बाहमुखि खेतिमा भर पर्ने कृर्षकहरु अहिले समूह गठन गरि विभिन्न कृर्षि कार्य माैसमि तथा बेमौसमी तरकारि र ब्यबसायिक खेति गर्न तर्फ लागेकाछन।गत बर्ष सगरमाथा कृर्षि समुहले ७५प्रतिसत अनुदान मार्फत प्रदेस सरकार बाट मिनि टेलर लिएका छन ( हाते ट्याक्टर ) अाऐपछि समुहमा अाबद्व बीस घरधुरिले अालाेपालाे जाेत्ने गर्दछन ।बिस्तारै कृर्षिमा अाधुनिकरण र यान्त्रिक करण तर्फ लागेका छन ।
शनिबार कृर्षि ज्ञानकेन्द्र दाङकाे सहयाेगमा सगरमाथा कृर्षि समुहकाे अायाेजनामा दुई दिने अदुवा खेति संबंधी तालिमा प्रमुख प्रशिक्षक झिमरुक गाउपालिका कृषि साखा प्रमुख टेक बहादुर बि कले सगरमाथा कृर्षि समुहका बीस जना कृर्षकलाई अदुवा लगाउने विधि,अदुवामा लाग्ने विभिन्न राेग नियन्त्रण ,अाम्दानि बढाउन कृर्षकले गर्नु पर्ने कार्य संबधि तालिम दिएका थिए।
तालिम लिदै सगरमाथा कृर्षक समुहका सदस्य तथा अदुवा कृर्षक शंकर प्रसाद पाेख्रेले अाफुले तालिमबाट बिउलगाउने विधि थाहा नहुदा उत्पादन भनेजति गर्न नसककाे तर तालिम लिई सकेपछि अब उत्पादनमा बृद्वि गर्न सकिने बताए ।झिमरुक एक का वडा सदस्य समेत रहेकाे पाेख्रेले संचालन गरेकाे तालिकाे अध्यक्षता कृर्षि समूह अध्यक्ष कृष्ण बहादुर राेकाले गर्नु भएकाे थियाे ।काेराेना भाईरसकाे महामारिमा पनि सामाजिक दुरि कायम राखि बालसुधार प्राबि काे हलमा सम्पन्न भएकाे तालिमका साहेक प्रशिक्षक तथा झिमरुक गाउपालिक कृर्षि प्राबिधि बिभिध भट्टराईले बताए ।

+ posts