माना पाथीमै कुटुवाल बनाउदै स्थानीय सरकार
 ५ कार्तिक २०७७, बुधबार

माना पाथीमै कुटुवाल बनाउदै स्थानीय सरकार

   २२ असार २०७७, सोमबार १२:४२ प्रकाशित

मधुसुदन पोख्रेल

असार २२ प्यूठान, सुचना आदन प्रदान गर्ने माध्ययम धेरै भएता पनि गाउँटोलमा कटुवाल बाट सुचना पुर्याउने चलन अझै हराएको छैन । सुचना पुर्याउनको लागि माना पाथिमै कटुवाल गर्ने चलन गाउँमा अझै यथावत रहेको पाइएको छ । प्युठानको मुटुमानीने प्यूठान नगरपालिका भित्रै पर्ने बस्तीमा हाक हालेर हिडिरहेका छन राजु विक पुर्खाै पुर्खा देखी बाजे बुवाले गर्दै आएको पेषालाई निरन्तरता दिइरहेका छन उनी ।  जिल्लाकाे मध्यबजार नजिक प्युठान नगरपालिका ४ इन्द्रेडाडा निवासी राजुले टारी,खानिखोला,रापडाडा,इन्द्रेडाडा ,सेती पोखरी लगाएत विभिन्न बस्तीमा रहेका करीव ५०० घरधुरीलाई सुचना पुर्याइ राखेका छन ।
आधारभुत शिक्षा हासील गरेका राजुले गाउँमा कुनै काम गर्नु परे सुचना दिन हातमा माइक बोकेर कुनै एक उच्च स्थानमा गएर माइक मार्फत सुचना पुर्याउछन । साेमबार एक हातमा माइक एक हातमा सुचना को चिरकटो बोकी बालबालीकाहरुलाई भिटामिन र जुकाको औशधी खुवाउने सुचना भनिरहेका थिए । उनले यो काममा आफु खुसी भएको पनी बताए । उनले भने “उहिले बाजेका पाला देखी गर्दै आएको कामलाइ निरन्तरता दिइराखेको छु ”। वडामा हुने काम तथा गतिविधिको सुचना दिन उनलाई वडाका ठुलाबडाहरुले काम लगाउछन । माना पाथि उठाउनु बाहेक कतैबाट सेवा नपाएको उनको गुनासो छ । काम लगाउने वडाले पनि केहि सेवा नदिएको उनी बताउछन । उनि भन्छन “वर्षभरी काम गरी घरघरमा पाथी उठाउन हिड्नु पर्छ मन परेकोले दिएर पठाउछन मन नपरेकोले फेरी आएस भन्छन तर दिन चै दिन्छन ”। २८ वर्षे राजुसंग सवारी चलाउने पनि सिप भएको सुनाउछन। होटल व्यवसायी गर्ने तालिम कखुरा पालन गर्ने तालिम सम्म लिएको उनी बताउछन ।
केहि समय भारतमा कमाइ गर्ने राजुले नेपालमै सानो भए पनि काम गर्नु पर्छ भन्ने सोचका साथ नेपाल फर्किएको बताए । घर व्यवहार कटुवाल पेषा र मजदुर गरी जनतन चलेको बताए । उनी भन्छन कतै बाट सहयोग र अवसर मिले व्यवसाय गर्ने उनको सोचाइ छ । कटुवालल गर्दा गाउँका दाजुभाइले त राम्रै मान्नु हुन्छ तर यसवाट घर व्यावहार चलाउन अली समस्या हुने विकले बताए । बोल्नको लागि समस्या हुने हुदा वडामा माइकको व्यवस्था गर्दिन त भनेको छु तर हुन्छ भनेर आस्पाससन दिएका छन उनले भने ।
वडामा सुचना पुर्याउनको लागि भरपर्दा माध्ययम राजुको कटुवाल पेसा पाथीमा मात्र नभएर स्थानीय सरकारले पनी हेर्नु पर्ने सामाजिक अगुवाको भनाई छ । गाउँमै केहि गर्छु भन्ने राजु र राजुजस्तै युवाका लागि स्थानीय सरकारले केहि सोच्नु पर्ने देखिन्छ ।

+ posts