प्युठानमा कृषकले रोपे ४८ हजार कागतीका विरुवा
 ५ कार्तिक २०७७, बुधबार

प्युठानमा कृषकले रोपे ४८ हजार कागतीका विरुवा

   २२ असार २०७७, सोमबार १४:१८ प्रकाशित

विमल प्रसाद पोख्रेल
असार २२ प्यूठान , प्यूठानमा किसान कागतीमा आक्रसीत भएका छन । यस वर्ष किसानले कागतीका मात्र ४८ हजार विरुवा लगेका छन । जिल्ला डिभिजन बन कार्यालयद्धारा निशुल्क ४८ हजारका कागतीका वेर्नाहरु किसानका लागि वितरण गरेको जिल्ला बनडिभिजन रेन्जर हरी पौडेलले बताए । केहिदिन अघि गरीवीको रेखामुनी रहेका कवुलेतीबन समुहका प्यूठानका करीव १५० बन समुहका ३३ हजार विरुवा १५ सघरदुरीलाई वितरण गरीएको पौडेलले बताए ।
साथै जस्ले व्यवसाय गर्न चाहान्छ त्यसका लागि चार सय भन्दा बढीका दरले वितरण गरेको पनी पौडेलको भनाइ छ । जम्मा प्यूठानमा ३लाख विरुवा वितरण गरीएको छ । सथै विभिन्न जातका विरुवा तेजपात,टिमुर ,सिरखण्ड ,अलैची पनि वितरण गरेको डिभिजन बन अधिकृत राजु क्षेत्रीले जानकारी गराए । स्थानी जनताको माग अनुसार विरुवा जिल्ला बाहिरबाट पनि खरीद गरी कृषका लागि गुणस्तरीय विरुवा वितरण गरेको बताए । जिल्लाका नरसरीमा विभिन्न प्रजातीका दुइलाख भन्दा बढी उत्पादन गरी वितरण गरीएको बताए । स्थानीय सरकार र डिभिजन बन कार्यालयको सहकार्यमा वितरण गरीएका विरुवाहरु के कसरी लगाएका छन भन्ने विषयमा कृषक सामु पुगेर सुझाव दिने र समय समयमा अनुगमन गर्ने क्षेत्रीले बताए । साथै सलहकिरा प्यूठानमा आए पनी खासै नोक्सानी नगर्ने भएकोले किसानहरु ह्तोसाहित नहुन क्षेत्रीको सुझाव छ ।

+ posts