झिम्रुक फाटको धानमा रोगलागे पछी कृषकहरू निरास
 १३ कार्तिक २०७७, बिहीबार

झिम्रुक फाटको धानमा रोगलागे पछी कृषकहरू निरास

   २३ असार २०७७, मंगलवार १३:०१ प्रकाशित

मधसुदन पोख्रेल
असार २३ प्यूठान

। प्यूठान जिल्लाको कृषि उर्भरभुमी झिम्रुक फाटमा रहेको धानबालीमा रोक लागे पछी किसान चिन्तीत भएका छन । प्युठान नगरपालिका आसपासमा रहेको धेरै जसो किसानको खेतमा धान डढ्ने खालको रोग लागेपछी किसानहरु चिन्तीत भएका हुन ।
प्यूठान नगरपालिका ४ थाप्डाडा निवासी अमर बहादुर केसीको ८ मुरी खेत मध्य ५ मुरीहुने धान बालिमा रोग लागेपछी चिन्तामा परेको गुनासो गरे । वर्षभरी खान पुग्ने खेतमा रहेको धानमा रोग लागे पछी विहान वेलुका धानकै हेरचाह गर्न खेतमा धाउने गरेको केसीले बताए । धान जोगाउन अनेक थरीका जुक्ती लगाए पनी अझै केही सुधार नआएको केसीले गुनासो व्यक्त गरे । धान सुक्न थाले पछी प्यूठान नगरपालिकाको कृषि शाखामा खावर गरेपनी कुनै चासो नदेखाएको केसीको गुनासो छ । फौजी किरा जस्तै लागे पछी नगरपालिकामा गए त्याहा वाट औषधी लिएर छरीयो तर केहि सुधार भएन उनले भने ।
उता प्यूठान नगरपालिका कृषि शाखाका प्रमुख मेघराज पोख्रेल भने किसानका खेतमा पुगेर अनुगमन गर्दा धानमा सितव्लास्ट रोगको लक्षण जस्तो देखीएको ले किसानलाई विषदी लिएर धानमा छर्कन लगाएको बताए । नगरपालिकामा सो राग निवारणका लागि औषधी नभएको हुदा किसानलाई बजारबाट कार्वडाइमेन किनेर छर्कन आग्रह समेत गरेको बताए ।
धानमा यो खालको रोगले पटक पटक आक्रमण गर्दा किसानलाइ हैरान दिन थाले पछी कुन रोग हो रोगको पहिचान गरी निर्मुलिकरण गर्न पहल गरीदिन सरोकारवाला संग किसानहरुको माग छ ।

+ posts