मदिराले बेहाेसि अवस्थामा एक महिला । मदिरा नियन्त्रणमा सराेकारवाला मा‌ैन
 ५ कार्तिक २०७७, बुधबार

मदिराले बेहाेसि अवस्थामा एक महिला । मदिरा नियन्त्रणमा सराेकारवाला मा‌ैन

   २८ असार २०७७, आईतवार १४:४५ प्रकाशित
  • मधुसुदन पाेख्रेल
    असार २७ , प्युठान , पछिल्लाे क्रममा महिलाहरु पनि मदिरा सेवन तथा वेचविखनमा बढि हुनेगरेकाे पाईयकाे छ । स्वास्थयका लागि हानिकारक हुदा हुँदै पनि यसकाे प्रयाेग बढ्दाे छ । अाईतवार पुण्डेखाेलामा बाटोकााे किनारमा एक महिला  लठ्ठ छिन । बाग्दुला जाने क्रममा पत्रकार बाेमबहादुरले एउटा हृदय विदारक तस्पिर फेस्बकुमा पाेष्ट गर्दै लेखेका छन “#अत्यन्तै #हृदय #बिदारक #दृश्य ?️
    आईतबार दिउसो ३ बजे प्युठान बिजुवार बाग्दुला सडक खण्ड अन्तरगत पुन्डेखोला क्याम्पस नजिकै बाटोको नालिमा छोरा रोईरहेको छ ??दृश्यले भाबुक बनायो कतै सडक दुर्घटना पो हो कि भनी सोहि ठाउमा पुगेर बुज्दा ,आमा फुकुर फुकुर सास फेर्दै मस्त निद्रामा सुतेको देखियो । सानो बाबुलाई सोधपुछ गर्दा मम्मिले रक्सी खानुभएको हो भन्छ । स्थानीय दिदिबहिनिले बच्चाको आमालाई उठाएर हेर्दा मादक पदार्थ सेवन गरेको संकेत बुजियो । दुर्घटना भनौ भने सरिरमा कुनै संकेत देखिएन । स्थानियसंग बुज्दा दैनिक मज्दुरी गरेर खाने महिला हो भन्ने बुजियो । फाईदाको लागी मात्र रक्सी बेच्ने , यस्लाई नियमन नगर्ने हुनाले सामाजिक रुपमा ठुला दुर्घटनाका चुनौतीहरु देखा परेका छन । एस प्रती सरोकारवालाको समयमै ध्यान पुगे राम्रो हुन्थ्यो कि ,,,?”
    पछिल्लाे क्रममा घरेलु मदिरा सेवन गर्ने र झग्डा गर्ने तथा पारिवारिक बेमेल हुने गरेकाे घटना अाईरहदा जिल्ला प्रसासन भने मदिरा नियनतरण गर्न सकेकाे छैन । मदिरा नियन्रणका लागि गाउंगाउमा सजक बनाउने काम त गरिराखेका छाै । नियन्त्रणका लागि सवै एकजुट हुनु पर्ने र सवैले सचेतना फैलाउनु पर्ने जिल्ला प्रहरी प्रमुख नरेन्द्र कार्किले बताए ।
+ posts