रेडियाे स्वर्गद्वारी एफ एमकाे एक झलक
 ५ कार्तिक २०७७, बुधबार

रेडियाे स्वर्गद्वारी एफ एमकाे एक झलक

   २९ असार २०७७, सोमबार ०२:०६ प्रकाशित

रेडियाे स्वर्गद्वारी एफ एम काे एक झलक
बिमल प्रसाद पाेख्रेल
( निर्देेशक तथा स्टेसन म्यानेजर)
प्युठानकाे प्रमुख प्रयटकिय धार्मिकस्थल स्वर्गद्वारी
नामबाट चिनिने रेडियाे स्वर्गद्वारी ८८.४ मेगाहर्ज ५०० वाट क्षमता भएकाेले फ्रिक्वान्सि मार्फत १८ जिल्ला भन्दा धेरैठाउँ र अनलाइन तथा विभिन्न सामाजि संजाल मार्फत बिश्वभर सुन्न र पढ्न सकिन्छ।
हाल रेडियो स्वर्गद्वारी एफ एम काे प्रशारण प्युठान नगरपालिका वडा ४ बिजुवार बाट भैरहेता पनि यसकाे टावर मल्लरानि गाउपालिकाे प्रमुख प्रयटकिय स्थान मल्लरानिमा रहेकाे छ अप्लिङ सिस्टमबाट संचालित रेडियो स्थापना समयमा प्युठानकाे सदरमुकाम खलंगा बाट प्रशारण गरिएकाे थियाे।
यश रेडियाेले जिल्लामा दर्जनाै संचारकर्मि उत्पादन गरेकाेछ।
२०७२सालमा स्थापना भएकाे यस रेडियाेले “शान्तिकाे अाबाज अार्थिक बिकास समृद्धि र प्रयटन प्रबधनकाे लागि रेडियाे स्वर्गद्वारी ” नामको आफनो छुट्टै किसिमको नारा समेत कायम गरेको छ । जुन रेडियोले विगतका दिनदेखी हालसम्म पनि श्रोताको मन जित्न सफल भएको छ । यस रेडियोले श्रोताको मनोरञ्जनको लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम ,समाचार र विज्ञापन मार्फत थप मनोरञ्जन समेत प्रदान गरेको छ । , सबैको आवाज बुलन्द गर्ने यस रेडियाे नाफामुलक नभएर समाजमा घटेका बिभिन्न घटनाहरु र समाज प्रति न्याय गर्ने विषयमा रेडियो अग्र पंक्तिमा रहेको र समाजमा लुकेका आवाजलाइ  बुलन्द गर्न समेत यस रेडियोले ठुलाे भुमिका निभएकाे छ।लगानिकर्ता सेयर सदस्य जुन बिचारधाराकाे भए पनि यस रेडियाेले सत्य तथ्य र यथार्थ समाचार नपक्ष नबिपक्ष कसैकाे अाड नलागि प्रशारण गर्दछ त्यसैले सबैकाे प्रिय बन्न पुगेकाे छ।रेडियाे स्वर्गद्वारी एफ एम का समचार दाताहरुकाे अाफ्नै अडान छ ” जहाँ दुख्छ त्यहा पुग्छ जे देख्छ उहीँ लेख्छ पिडितलाई साेज्छ यथार्थ अाबाज बाेल्छ” रेडियाे स्वर्गद्वारी एफ एम प्युठानकाे हरकुनाकाप्चा 88.4 मेघाहर्ज मा पुग्छ। हाम्राे मुख्य उदेश्य स्थानिय समचार ,व्यापार ब्यबसाय,प्रयटन,कृर्षि लाई प्राथमिकतामा राखेर रेडियो बाट संभबहुने जुनसुकै सुचना जनमुखि बनाएर प्रशारण गर्ने हाे। स्थानिय तहले गरेका हरेक क्रियाकलापकाे सुसासन पार्दसिक्ता र जबाफदेहिता हुनुपर्ने राज्यले गरेका हरेक लगानि पार्दसिक हुनुपर्ने ।जनमुखि र स्वराेजगारमुखि बिकाश निर्माण हुनुपर्ने बिषयमा रेडियाे स्थानिय सरकारलाई घचघचाईरहन्छ।

+ posts