गजल …
मधसुदन पाेख्रेल,प्युठान
एउटा सुन्दर ठाउमा मान्छेहरु बस्दा रहेछन् ।
त्यो ठाउँमात्र राम्रो, ति मान्छे कस्ता रहेछन्
हो तिनिहरुको मन भित्र पापको पोका छ
ती मान्छे मानवको नै, दुख देखी हास्दा रहेछन ।।
कुकुरलाई घरमा पाली प्यार दिन्छन उनीहरु
घरमा राखेका कामदारलाई दवस्दा रहेछन ।।
कर्तुत गरी कमाएको सम्पतीले बोसो लगाएर
भुडी घटाउन विहानै मर्निङ वाक गर्दा रहेछन ।।