श्रीमतीले श्रीमानकाे हत्या गरिन
 ९ कार्तिक २०७७, आईतवार

श्रीमतीले श्रीमानकाे हत्या गरिन

   १० श्रावण २०७७, शनिबार ११:०४ प्रकाशित

स्मृति घर्ती मगर
साउन,१० प्युठान
प्युठानमा आफ्नै श्रीमानलाई हत्यागर्ने श्रीमति पक्राउ परेकि छन । नौबहिनी गाउँपालिका ५ डामृ  काटेमा २९ बर्षिय जिबा सुनारले आफ्नै ३३ बर्षका ज्ञाने  सुनारलाई कुटपिट गरि हत्या गरेकि हुन। शुक्रबार राती १०:१५ बजे उनको घरमै मृत्यु भएको थियो । सवको प्रकृति हेर्दा दाउराले हानेको स्थानीयको अनुमान छ । शरिरभरी नै चोटहरु देखिन्छन। यस अघि श्रीमान र श्रीमतीबीच राम्रो सम्बन्ध नभएको, पटक पटक विवाद र झैझडा हुने गरेको स्थानियको भनाई छ ।
 श्रीमानको हत्या गरेको आरोपमा मृतककी श्रीमती जिवालाई प्रहरीले नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुमार कार्किले बताउनुभयो ।
सोही वडा अध्यक्ष अन बहदुर घर्तिले मृतकको शवलाई परिक्षणको लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जानकारी दिनुुभयो।
रातिको समयमा घटना भएकाले हत्या हो या आत्महत्या एकिन हुन नसक्दा ढिलो गरी समाचार बाहिर आएको हो ।

+ posts