स्थानीय सरकारलाई ध्यानाकर्षण गराउदै नागरीक सरोकार समाज प्युठान
 ५ कार्तिक २०७७, बुधबार

स्थानीय सरकारलाई ध्यानाकर्षण गराउदै नागरीक सरोकार समाज प्युठान

   १२ श्रावण २०७७, सोमबार ०४:०० प्रकाशित

मधुसुदन पोख्रेल
साउन १२, प्यूठान

कोभिड १९ को जडिल प्रस्थीतमा नागरीकहरुले कुनै समस्या भोग्न नपारोस भन्दै नागरीक सरोकार केन्द्र प्यूठानले जिल्ला प्रशासन देखी स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ । जिल्लामा युवाहरुको संख्या धेरै भएकाले युवाहरुलाइ सोरोजगार बानाउने काम र परिचालनमा स्थानिय सरकारले सहि सदुपयोग गर्न ध्यानाकर्षण गराइएको नागरीक सरोकार सजाज प्यूठानका संयोजक सुमन सुवेदीले बताए ।
जिल्ला समन्वय समिति , जिल्ला प्रशासन कार्यालय लगाएत जिल्लाका सवै स्थानीय तहरुमामा ध्यानाकर्षण गराईएको सुवेदीले बताए । उनले भने “ कोरोनाले उत्पन्न गरेको समस्याले धेरै नेपाली जनसक्ती बेरोजगार भएको छ यसलाई समयमै सही ब्यबस्थापन गर्न नसके भयंकर समस्या निम्तन्छ , जसको सही ढंगले ब्यबस्थापन गर्न अत्यन्त जरुरी छ ”।
बेरोजगार समस्या समाधानको नाउमा रोजगार मुखी क्षेत्रमा बजेट छुट्याउनु मात्र त्यसको समाधान होइन । उनले थपे उचित बजेट संगसंगै सम्भावना, सिप र बजारको सही जानकारी गराउनु आवश्यक छ , जिल्ला भित्र रहेका सबै क्षेत्र कृषी , उध्योग , ब्यापार , होटेल लगाएत सफल ब्यबसायिहरुसंग सफलता, चुनौती र सम्भावनाका विषयहरुमा ब्यापक अन्तर्कृया र छलफल गराउने र बेरोजगार जनसक्तिलाई ब्यापक सहभागिता गराउन सके उनिहरुलाई के गर्ने के नगर्ने भन्ने निर्णय गर्न सजिलो हुनेछ ।
राज्यले लिएको निती कुनै पनी व्याभारमा लागु भएको देखीदैन , लिएको निती सहि तरीकाले लागु गरे र बेरोजगार युवाहरुलाई कृषिमा जोड्न सके समस्या समाधान तर्फ लाग्ने सुवेदीको बुझाई छ । स्थानिय बजारमा बस्तुको मुल्य निर्धारण आफुखुसी गरेको देखिन्छ यसको बारेमा सरोकारवालकाको कुनै चासो छैन । मनलाग्दी व्यापारले गर्दा उपभोक्ता मर्कामा परेको गुनासो गुनासो आइरहेको छ । विकास निर्माणमाका काम देखी लीएर स्थानीय सरकारले गर्ने गतिविधिहरु जनाता मुखी नभएको गुनासो नागरीहरुबाट बारमबार सुन्नमा आइरहदा स्थानीय सरकार कान नसुनेर बसेको छ । स्थानीय सरकारलाइ बारमबार सचेत बनाउन जनाता जागरुप भएर लाग्नु पर्ने सुवेदीले बताए ।
राजनीति पहुचका आधारमा अनुदान, विकासका नाममा बजेट लाप्प लुप्प पर्ने, स्थानीय सरकारले जनमुखी काम नभएर आफुखुसी गर्ने कामको प्रवृतीको अन्तय गर्नमा आम नागरीकले चासो दिनु पर्ने सुवेदीको भनाई छ ।

+ posts