काेराना बाट मृत्यु हुनेकाे संख्या ४८ पुग्याे
 १३ कार्तिक २०७७, बिहीबार

काेराना बाट मृत्यु हुनेकाे संख्या ४८ पुग्याे

   १२ श्रावण २०७७, सोमबार ११:२९ प्रकाशित

अावाज पाेष्ट
१२ साउन,
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।
बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म १८ हजार ७५२ जना संक्रमित भएका छन् । उनीहरुमध्ये १३ हजार ७५४ जना निको भएका छन् । online khabar.com bata

+ posts