हाेटल व्यवसायि द्वारा घरभाडा छुट गर्ने घरधनिलाई सम्मान
 ५ कार्तिक २०७७, बुधबार

हाेटल व्यवसायि द्वारा घरभाडा छुट गर्ने घरधनिलाई सम्मान

   १३ श्रावण २०७७, मंगलवार १४:४० प्रकाशित

अावाज पाेष्ट समाचार दाता
साउन १३, प्युठान
प्युठानमा घरभाडा छुट दिएका मनकारी घरधनीलाई आज सम्मान गरिएको छ। कोरोना भाइरस (Covid-19) का कारण अहिले बिश्वनै त्रसित बनिरहेको अबस्थामा घरभाडा छुट दिएका घरधनीलाई आज होटल ब्यबसायी संघ प्युठानले सम्मान गरेको हो। बिशेष गरि यो समयमा घर-भाडामा लिएर ब्यबसाय गर्ने ब्यबसायीहरु आर्थिक चपेटामा परेका छन। लकडाउनको समयमा कुनैपनी होटल ब्यबसायहरु संचालनमा नआएको र ब्यबसायीलाई भाडा तिर्न समस्या पर्ने भन्दै घरधनीहरुले भाडा छुट गरेका हुन।
नेकपा का नेता एवम पुर्ब शिक्षक टंक बहादुर खड्काले आफ्नो घरमा ब्यबसाय संचालन गर्दै आएका ब्यबसायिको लागि रु एक लाख १५ हजार घरभाडा छुट गर्नु भएको छ। प्युठान नगरपालिका ४ निवासी समाजसेवि किरण कुंवरले प्युठानको प्रसिद्ध आयुष्मा होटल संचालक नवीन जि. सि लाई एक महिनाको रु एक लाख १० हजार घरभाडा छुट दिनु भएको छ।
स्वर्गद्वारी बहुमुखी क्याम्पस प्युठानका पुर्ब प्रमुख मोहन गिरीले आफ्नो घरमा होटल, फलफुल पसल लगायत ब्यबसाय गर्दै आएका ब्यबसायीलाई एक महिनाको रु ९० हजार घरभाडा छुट दिनुभएको छ।
त्यस्तै जुम्रीका श्रीप्रसाद श्रेष्ठले कालिका गेस्ट हाउस संचालकलाई रु ५० हजार, तारा भण्डारीले रु ५५ हजार, लगायत अन्य दर्जनौं घरधनीहरुले आफ्नो घरमा ब्यबसाय गर्दै आएका ब्यबसायीलाई घरभाडा छुट गरेका छन।
घरभाडा छुट गर्दै घरधनी टंक बहादुर खड्काले आगामी दिनमा पनि यस्तै विषम परिस्थिति आए आफ्नो घरमा ब्यबसाय संचालन गर्दै आएका ब्यबसायीको लागि घरभाडा छुट गर्ने बताएका छन। त्यस्तै अर्का घरधनी मोहन गिरीले मन्त्र जप्ने ओठ भन्दा सहयोग गर्ने मन पबित्र हुने भन्दै आपत्-बिपत् परेको बेलामा जो कसैले पनि सहयोग गर्न सक्नु पर्ने बताउनु भयो। उहाँले भन्नुभयो, “घरभाडा तिर्न नसकी ब्यबसायीहरु बिस्थापित हुन नपरोस। यो अप्ठ्यारो परिस्थितिमा सबैजना हातेमालो गरि अगाडि बढ्नु पर्छ।”
होटल ब्यबसायी संघका केन्द्रीय सचिब चद्रलाल न्यौपानेले घरधनीलाई सम्मान गर्दै धन्यवाद दिनुभयो। घरधनिको सहयोग सम्मानयोग्य रहेको भन्दै ब्यबसायीहरुलाई आफ्नो ठाँउबाट हुन सक्ने सहयोग गर्न आफु तयार रहेको बताउनु भयो।

+ posts