प्युठान नगरपालिका दुईका वडा सदस्य धामिकाे निधन।
 १३ कार्तिक २०७७, बिहीबार

प्युठान नगरपालिका दुईका वडा सदस्य धामिकाे निधन।

   १८ श्रावण २०७७, आईतवार ०४:१० प्रकाशित

बिमल प्रसाद पाेख्रेल
साउन,१८
प्युठान नगरपालिका दुई का वडा सदस्य दुर्गाबहादुर धामिकाे ५४ बर्षकाे उमेरमा अाज बिहान उपचारकाे क्रममा हरिसिद्व क्यान्सर अस्पताल भक्तपुरमा भएकाे छ।धामि ने क पा बाट निर्बाचित प्युठान नगरपालिका दुईका वडा सदस्य हुन।
बिगत केही महिना देखि पेटमा भएकाे क्यान्सर राेगबाट पिडित धामिकाे निधन वडा कार्यलय परिवार साेक स्तब्ध भएकाे वडा अध्यक्ष मुक्ति पाेख्रेलले बताउनु भयाे साथै अाज वडाकार्यलय बाट प्रदान गरिने सम्पुर्ण काम नगरि कार्यलयनै बन्द गरिने पाेख्रेलले बताउनु भयाे ।मृतक धामिकाे शब अाज काठमाडौं बाट लिने र भाेलि वडा कार्यलयमा श्रद्धाञ्जली सभा पछि अन्त्यष्टि गरिने वडा अध्यक्ष मुक्ति पाेख्रेलले बताउनु भयाे।

+ posts