कार्यक्रममा महिला पत्रकारलाई खवर नगरेकोमा प्रदेश उपाध्यक्ष पौडेलको आपत्ती
 ५ कार्तिक २०७७, बुधबार

कार्यक्रममा महिला पत्रकारलाई खवर नगरेकोमा प्रदेश उपाध्यक्ष पौडेलको आपत्ती

   १८ श्रावण २०७७, आईतवार ०४:५३ प्रकाशित

आवाज पोष्ट
साउन १८,
प्यूठान , जिल्लाका विभिन्न कार्यालयले आफ्नो कार्यक्रम गर्दा एक दुइवटा संचार माध्यमलाई बाहेक खवर गर्दैनन । जिल्लामा विभिन्न संचार माध्यम धेरै छन तर जिललाका सवै कार्यलयहरु संचार माध्ययमको नजिक छैनन । जिल्लाका कार्यलय प्रमुखहरुले आफ्ना नजिकका संचार कर्मिहरुलाइ मात्र सुटुक्क खवर गरी कार्यक्रमको जानकारी, गरेका गतिविधीको अनुगनम गर्ने गरेको पाइन्छ । सभा सम्मेलन र वार्षिक गति विधी को समिक्षा गर्दा संवै संचार माध्ययमलाइ जानकारी गराउनु पर्ने हो तर त्यो हुन नसक्दा संचार माध्ययम वेखवर भए जस्तै भएको छ । साथै प्रेस प्रतीनिधिकाे नाममा सुचना समेत बाहिर ल्याएकाे पाइदैन ।
शनीवार जिल्ला प्रहरी कार्यालय प्यूठानले वार्षिक समिक्षा कार्यक्रम भन्दै पत्रकार सम्मेलन राखेको थियो । कार्यक्रममा महिला पत्रकारलाई खवर नगरेको भन्दै नेपाल पत्रकार महासंघ प्रदेश ५ कि उपाध्यक्ष दिपा पौडेलले आक्रोस व्यक्त गरेकी छिन । जिल्लाको महत्वपुर्ण कार्यक्रममा महिलालाइ छुटाउनु भनेको विवेध पुर्ण कार्य भन्दै फेसवुकमा आक्रोस पोख्दै स्टाटस लेखेकि छीन हेर्नुहोस उनेले लेखेको जस्ताको तेस्तै ।

“प्यूठानको जनसंख्या जिल्ला प्रहरी कार्यालय प्यूठानलाई थाहा पक्कै हुनुपर्दछ। प्रहरीले जिल्लाका महिला दिदीबहिनीहरुको समस्यामा पनि हातेमालो गरेकै होला।
यो फोटामा जिल्लाको प्रमुख जिल्ला अधिकारी पनि हुनुहुन्छ। जिल्लामा नेपाल पत्रकार महासंघको अवस्थाको बिषयमा उहाँलाई पनि जानकारी छ होला? र छ भन्नेमा म विश्वस्त छु। । यस्तो महत्वपुर्ण कार्यक्रममा जिल्लामा कोहि पनि पत्रकार महिला छैनन् ? सुरक्षा निकायको रेकर्डमा क्रियाशिल पत्रकार महिलालाई जिल्ला प्रहरी कार्यालय प्यूठानले देख्दैन चिन्दैन रहेछ।
जिल्लाको समग्र अवस्थालाई हेर्दा यो कार्यक्रम पत्रकार सम्मेलन नभएर पुरुष पत्रकार सम्मेलन हुनुपर्छ। होइन भने पद र प्रतिष्ठाको बिषयमा यो कार्यालय जानकार नै छ भन्ने लाग्दछ। कि जिल्लामा महिला पत्रकारहरु नभएको हो भनेर बुझ्नुपर्याे।म नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ को उपाध्यक्ष हुँ त्यो पनि प्रदेश भरिको महिला पत्रकारहरुको नेतृत्व गरेर सर्वसम्मत उपाध्यक्ष यहि जिल्लामा छ। अन्य क्रियाशिल पत्रकार महिला साथीहरु पनि हुनुहुन्छ। पदले ठुलो बनाएकाहरु मात्र सहभागी हुने हो भने नेपाल पत्रकार महासंघको हैसियतले ठूलो पद त यहि नै होला । होईन भने पहुँच योग्य मात्रलाई सहभागी गराईएको रहेछ भनेर बुझ्नु पर्ने होला?यो भनिरहँदा घमण्ड गरेको नभन्नुहोला यहि पदमा पुरुष पत्रकार भएको भए अवस्था अर्कै हुन्थ्यो ।यहि ठाउँमा महिला सिडियो र महिला डिएसपी भएको भए पक्कै हामी नजरमा हुन्थ्यौ।मेरो अनुभवमा यो लैङ्गिक विभेद हो।
समानता र समताको बिषयमा कुरा गर्ने यो कार्यालयले नजिकका केहि पुरुष पत्रकार बोलाएर भए पनि कार्यक्रम सम्पन्न गरेकोमा हार्दिक धन्यवाद दिन चाहान्छु। यस्तो कार्यक्रमले सुरक्षा निकायसंग अझै डराउने नागरिकहरु यि निकायले सञ्चालन गरेका कार्यक्रमहरुको बिषयमा जानकारी पाउँदा खुसी हुने र नागरिक प्रति यस्ता कार्यालयहरुले जवाफदेहि , पारदर्शिता र सुशासनको लागि काम गरिरहेका छन् है भनि विश्वास लिन पाउँछन्। यस्ता कार्यक्रमहरु सञ्चालन भैरहुन शुभकामना। ”

+ posts